|

लहान :  प्रहरीको गस्ती टोलीले सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिका १ बाट भन्सार छलेर ल्याएको अढाइ लाख मूल्यको कपडासहित चार वटा मोटरसाइकल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय लहान तथा महेशबारीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बिहीबार अपराह्न चेकिङको क्रममा भन्सार छलेर नेपाल भित्र्याएको कपडा र मोटरसाइकल बरामद गरेको लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले जानकारी दिए। प्रहरी टोली देखेलगत्तै तीन जना मोटरसाइकल छोडेर भागेको र एक जनालाई कपडासहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

प्रहरीले नवराजपुर गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष २५ का रञ्जितकुमार यादवलाई कपडासहित नियन्त्रणमा लिएको जनाएको छ। यादवलाई कपडासहित  कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.