|

जाजरकोट : वर्षाैंदेखि खेतीयोग्य जमिन कटान गर्दै आएको फेराखोलामा तटबन्ध निर्माण गरिएको छ। जिल्लाको भेरी नगरपालिका ७, ८ र ९ का विभिन्न ठाउँमा खोलाले क्षति पुर्‍याउँदै आएकाले तटबन्ध निर्माण सुरु गरिएको हो। 

फेराखोलामा करिव पाँच किलोमिटर लामो तटबन्ध निर्माण गर्न लागिएको भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले जानकारी दिइन्। खोलाले फेरादेखि स्याउली बजारसम्मको सयौँ रोपनी जग्गामा क्षति पुर्‍याउँदै आएको छ। हिउँदमा फेराको पानी सिँचाइ गर्नका लागि सुविधा भइरहेको तर वर्षायामको पानीले भने यस क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै आएको स्थानीयवासी धनबहादुर रानाले बताए। 

वर्सेनि तटबन्ध नहुँदा सयौँ रोपनी जग्गमा लगाएको अन्न बाली र खेतीयोग्य जमिन नै खोलाले बगाउने गरेको रानाको भनाइ छ। ७१ ठाउँमा तटबन्ध बनाएर खोला नियन्त्रणको काम भएको उपभोक्ता नैने खत्रीले बताए। तटबन्ध निर्माणसँंगै यहाँको सयौँ रोपनी खेतीयोग्य जमिन जोगिने आशा  किसानले गरेका छन्। विशेषगरी साविकको भुर, पुन्मा गाविसका स्थानीयहरू यस खोलाबाट पीडित भएका छन्। वर्सेनि खोलाको कटानका कारण पाक्न लागेको अन्न क्षति हुने क्रम नरोकिएपछि निकै समस्या हुँदै आएको स्थानीयवासी कालीबहादुर रानाले बताए। 

खोलाको छेउछाउमा अन्न पिस्नका लागि पानीघट्ट, मिल निर्माण गरिएको छ। बजेट कम भएका कारण सोचेजति काम गर्न नसकेको स्थानीयको भनाइ छ। भेरी नगरपालिकाको आर्थिक सहयोगमा खोला नियन्त्रणका लागि ६१ ठाउँका तटबन्ध निर्माण गरिएको हो। २६ लाख ५० हजार रुपैयाँको लागतमा तटबन्ध निर्माण गर्न लागिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.