|

लहान : सिरहाको लहान नगरपालिका–७ मा पर्ने मुख्य बजारस्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा चैत ९ गते भएको बम विस्फोट घटनाबारे छानबिन सुरु भएको छ। प्रदेश दुई का गृह राज्यमन्त्री सरोज कुशवाहा नेतृत्वको छानबिन समितिले शुक्रबारबाट छानबिन सुरु गरेको हो।

टोलीले शुक्राबार पसल सञ्चालक विकास शारडा र बिष्फोटमा घाइते भएकाहरुसँग भेटघाट गरेको छ। भेटघाटको क्रममा गृहराज्यमन्त्री कुशवाहाले प्रदेशको शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने दावी गरे। ‘शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुँदैन’ उनले भने, ‘गल्ती गर्ने अपराधी जो भएपनि छुट पाउँदैनन्, अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्छौं।’ उनले प्रदेश सरकारले नागरिकको समस्या र गुनासोका लागि ‘मुख्यमन्त्री हेल्पलाइन’ नम्बर र गाउँ–गाउँमा ‘जनताको कहचरी’ कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए। 

गृहराज्यमन्त्री कुशवाहा नेतृत्वको समितिले छानबिन गर्ने क्रममा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई र प्रहरी उपरीक्षक शेखर कोइरालासहित सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

साप्ताहिक हाटका दिन ग्राहकको भीडभाड रहेको बेला चैत ९ गते दिउँसो करिब १ बजे प्रेसर कुकर बम विष्फोट भएको थियो। विस्फोटमा पसल सञ्चालकस आठ जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.