|

लहान : महेन्द्र राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा शुक्रबार साँझ यात्रुबाहक बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ४० वर्षीय शम्भु स्वर्णकार र ३५ वर्षीय सन्दीप स्वर्णकार रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६०२ नम्बरको यात्रुबाहक बस टायर पञ्चर भई अनियन्त्रित भएपछि सोही दिशामा जाँदै गरेको स. ७ प ७१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार गम्भीर घाइते भएका थिए। 

घाइतेमध्ये मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सन्दीपको भने उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.