|

अछाम : जिल्लाको चौरपाटी-३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर दुईजना गम्भीर घाइते भएका छन्। रमेश कामीको गगुडास्थित घरमा परेको चट्याङ लागेर १० महिने आयुश कामी र १६ वर्षीया सीता कामी जलेर घाइते भएको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइते दुवै बेहोस रहेको अछाम प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई प्रहरीको सहयोगमा उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको छ। चट्याङ लागेर रमेशका गोठमा रहेका पाँच बाख्रा र एक गोरुसमेत मरेका छन्। उता, शुक्रबार राति हावाहुरीसँगै परेको असिनापानीले जिल्लाका अधिकांश क्षेत्रको गहुँ, जौ, तरकारी, फलफुलमा क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.