अछाम : चट्याङ लागेर अछाममा १० महिने शिशुको मृत्यु भएको छ। शुक्रबार साँझ पानीसँगै परेको चट्याङ लागेर चौरपाट्टी गाउँपालिका ३ गगुडाका आयुष विकको मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
चट्याङ लागेर १६ वर्षीया सीता विक घाइते भएकी छन्। उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।