|

नुवाकोट : पञ्चकन्या गाँउपालिका–३ का दुई महिला घाँस काट्न गएको समयमा एकै स्थानमा मृत भेटिएका छन्। स्थानीय ३६ वर्षीया मोनिका थापा र ३० वर्षीया देवकी पराजुली घाँस काट्न गएको र फर्केर नआएपछि खोजी गर्ने क्रममा शनिबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। प्रहरीका अनुसार दुवै जना पञ्चकन्या–६ भदुरटारस्थित जंगलमा मृत भेटिएका हुन्।

पराजुलीको हातलाई थापाले सिरानी बनाएको अवस्थामा दुवै मृत भेटिएको र शव भएको स्थान नजिकै विषादीको भाडोसमेत देखिएकाले मृत्यु विष सेवन गरी वा अन्य कारणले भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.