|

काठमाडौं : नेपाली गजलको पुनर्जागरणकर्ताका रूपमा चिनिएका ज्ञानुवाकर पौडेल र  अमला अधिकरीको 'आरन' गजल कृतिलाई सम्मानित र पुस्कृत गरिएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पौडेललाई ‘नन्दकुमारी उप्रेती गजल सम्मान-२०७४’ र अधिकारीको गजलकृति ‘आरन’लाई ‘योगराज उप्रेती गजल पुरस्कार-२०७४’ पुरस्कारबाट पुरस्कृत गरिएको हो।  उनीहरू दुवैलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णविभू घिमरे र नन्दकुमारी उप्रेतीले जनही १२ हजार पाँचसय रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेका थिए।

सम्मान ग्रहण गर्दै पौडेलले यस्तो स्वच्छ भावनाले स्थापना गरिएको पुरस्कार पाउँदा आफूलाई खुसी लागएको बताए। उनलाई संस्थाले यो पुरस्कार पहिलो पटक प्रदान गरेको हो।

पहिलो पटक नै यो पुरस्कार प्राप्त गर्ने अधिकारीले पनि पुरस्कारले जिम्मेवारी अझ बढाएको बताइन्।  कार्यक्रम बाबु त्रिपाठीको संयोजन र संचालनमा भएको थियो।

यो पुरस्कार बेलायतमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय नृपेश उप्रेतीले आफ्ना स्वर्गीय पिता योगराज उप्रेती र जीवित आमा नन्दकुमारी उप्रेतीको नाममा स्थापना गरेका हुन्। पुरस्कृत दुवैले कार्यक्रममा आफ्ना गजल पनि बाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.