|

काठमाडौं : कथाकार सरिता अर्यालको दोस्रो कथा संग्रह ‘पुरुष’ शनिबार विमोचन भएको छ। अर्यालको दोस्रो कृति सांसद पम्फा भुसाल, साहित्यकार कुन्ता शर्मा, सूचना आयुक्त यसोदा तिम्सिना, लेखक सरिता अर्याल, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुस्मा ओमाटा र स्मीता घिमिरेले पुस्तक संयुक्त रूपमा विमोचन गरेका हुन्।

समीक्षक महेश पौड्यालले अधिकांश कथामा महिला पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथा ब्यथा नै समेटिएको बताए। 
कथाकारले समाजमा घटिरहेका घटनाहरूलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उनको भनाइ थियो। 

यसोदा तिम्सिनाले कथा पढ्दै जाँदा आफ्नै वरिपरि आफैँले देखेका पात्रका कथा जस्तो लागेको बताइन्।  कथाकार अर्यालले पुरुषको विराधकै लागि मात्र पुस्तकको नाम ‘पुरुष’ नराखिएको स्पष्ट पारिन्।  उक्त कथा संग्रह बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो। कथाकार अर्यालका थाहाखबरमा नियमित रुपमा लेख रचना प्रकाशित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.