|

बुटवल : रूपन्देहीको बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी भएको छ। आइतबार बिहान ४ बजेतिर विद्युत् सट भई आगो लागेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए। 

माथिल्लो तलाबाट शुरु भएको आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाका दुई दमकलले प्रयास गरिरहेका छन्। नेपाली सेनाको अग्नि नियन्त्रक टोली पनि आगो निभाउन खटिएको छ। 

आगो निभाउन कपिलवस्तु र नवलपरासीबाट दमकल मगाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केशव भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.