राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा शनिबार राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको रहेकाे प्रहरीले जनाएको छ। आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।