|

नुवाकोट : मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् । 

गएराति बा५ख २५२३ नम्बरको मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मीमा ठक्कर दिँदा स्थानीय ३० वर्षीया सीता बलामीको मृत्यु भएको थियो । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग राख्दै गाडी सञ्चालन बन्द गराएका हुन्।

स्थानीयको विरोधका कारण काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न समस्या भएको छ। फोहोर बोकेर काठमाडौँबाट आएका करिब १०० गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। 

शव परीक्षणका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.