|

ताप्लेजुङ : फुङलिङ नगरपालिका–७ मा प्लाइउडका कच्चा पदार्थ उत्पादन सुरु भएको छ। एक करोड रुपैयाँ लगानीमा स्थापना भएको कन्काई भेनियर उद्योगले प्लाइउडका कच्चा पदार्थ उत्पादन सुरु गरेको हो। जिल्लामा भएका कच्चा पदार्थबाट प्लाइउडको कच्चा पदार्थ उत्पादन उद्योग सुरु गरिएको सञ्चालक मानबहादुर भट्टराईको बताए। 

यस क्षेत्रमा प्रशस्त मात्रामा उत्तिसका काठ पाइने भएकाले प्लाइउड बनाउने कच्चा पदार्थ उत्पादन उद्योग सुरु गरिएको बताइएको छ। यहाँ उत्पादन गरिएका कच्चा पदार्थ झापा निर्यात गरिँदै आइएको छ।

उद्योगमा ४० जना मजदुर रहेका छन्। उनीहरुलाई क्षमताको आधार दैनिक  ४०० देखि एक हजार रुपैयाँसम्म दैनिक पारिश्रमिक पाउने भट्टराईको भनाइ छ। उनका अनुसार उद्योगमा मासिक ३० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ।

उद्योग स्थापनासँगै यस क्षेत्रमा भएका उत्तिसले राम्रो मूल्य पाउन थालेको छ। जिल्लामा नै उद्योग सञ्चमालनमा आएपछि आयात गरिने खाद्य पदार्थको ढुवानी खर्च समेत घटेको छ। प्लाइउडको कच्चा पदार्थ लिन आउने मालबाहक ट्रकले कम भाडामा नै खाद्य पदार्थको ढुवानी गरिदिने गरेको व्यावसायीहरु बताउँछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.