|

उदयपुर : उदयपुरको एक क्रसर उद्योगमा अज्ञात समूहद्वारा ग्यास सिलिन्डर बम बिस्फोट गराइएको छ। त्रियुगा नगरपालिका–७ चुहाडेमा आइतबार जेआइसी शर्मा लामा जेभी क्रसर उद्योगलाई लक्षित गरी ग्यास सिलिण्डर वम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

उदयपुर प्रहरी प्रमुख नवराज भट्टका अनुसार विस्फोटबाट क्रसर उद्योगको स्क्रिन मेसिनको कन्वेयर बेल्ट र मटर जलेर नष्ट हुँदा सात लाखको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ।

यसैक्रममा घटनाको अनुसन्धान गर्न गएको इलाका प्रहरी कार्यालयले जलजलेको प्रहरीले टोलीले उद्योगलाई लक्षित गरी राखिएको अर्को सुतली फेला पारी डिस्पोज गरेको पनि भट्टको भनाइ छ।

‘सुतली वम फेरासँगै त्रियुगा नगरपालिका–१० बोक्सेस्थित नेपाली सेनाको रणशार्दुल गणको एक टोलीले बोलाइ बम डिस्पोज गरियो,’ उनले भने, ‘कुन समूहले भन्ने अहिले हामी अनुसन्धान गरिरहेका छौँ।’

स्थानीय हरिबहादुर परियारले शनिबार बेलुकीपख नेकपा उदयपुरका केही नेताहरु घुम्दै आएको बताए। ‘हामीले देखेका होइनाँै,’ उनले भने, ‘नेकपाका कार्यकर्ता आएका थिए।’ जिल्ला प्रहरीले पनि नेकपाको कार्यकर्ताले सिलिन्डर बम पडकाउने र सुतली बम राखेको हुन सक्ने बताएको छ।

चतरा–गाईघाट–नेपालटार हुँदै कटारी, सिन्धुली र हेटौडा जोड्न् निर्माणाधीन वैकल्पिक लोकमार्ग निर्माणको लागि सञ्चालन गरिएको क्रसर उद्योग हो। उक्त उद्योगबाट उत्पादित क्रसरहरु अन्यन्त्र पनि जाने गरेको भन्दै स्थानीयहरुले आलोचना गर्दै आएका थिए। त्यही चन्दा मागेकाले नपाएपछि वम विस्फोट गराएको प्रहरीको अनुमान छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको वेला नेपालटार दनुवार वेशीमा नेपाली काङग्रेसका प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय धरापमा परी गम्भीर घाइते बनाएपछि नेकपा कार्यकर्ता उदयपुरबाट फरार भएका थिए। विद्युतीय धरापमा थापेको आरोपमा केहीलाई जेल चलान गरेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.