|

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ संघीय महाधिवेशनबाट डण्ड गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार मध्यराति सम्पन्न भएको महाधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फको उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर, महासचिवमा मनोज घर्तीमगर चयन भएका छन्।

यसैगरी, मिलन लिम्बू संगठन सचिव, जगत दोङ संस्थागत सचिव, कमन देवान अल्पसंख्यक सचिव, अमरध्वज लामा कोषाध्यक्ष र अञ्जना शिल्पकार    सहकोषाध्यक्षमा निर्वाचित भएका हुन्। 

यसैगरी, प्रदेश-१ को इञ्चार्जमा दिपिन राई, प्रदेश-२ को इञ्चार्जमा निरज पिठाकोटे मगर, प्रदेश-३ को इञ्चार्जमा समिर बलामी, प्रदेश-४ को इञ्चार्जमा हुमबहदुर गुरुङ, प्रदेश-५ को इञ्चार्जमा देव पचभैया मगर, प्रदेश-६ को इञ्चार्जमा अशोक राजी र प्रदेश-७ को प्रादेशिक इन्चार्जमा रामचन्द्र कुश्मी चयन भएका छन्। 

यस्तै, संस्थागत सदस्यतर्फ दीपेन्द्र राई, मनोज घर्तीमगर, चन्द्र पन्दाक लिम्बू, अनिता गुरुङ, नृपेन्द्रलाल श्रेष्ठ, विष्णुकुमार तामाङ, फुर्कीमा शेर्पा, सीताराम चौधरी निर्वाचित भएका छन्। 

यसैगरी, खुलातर्फको केन्द्रीय सदस्यमा वुद्धवीर वाहिङ राई,विश्वराज तामाङ, केदार मगर, राजु चौधरी, विजयबोध लावती निर्वाचित भएका छन् भने महिलातर्फको केन्द्रीय सदस्यमा सञ्चु ब्लोन तामाङ, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ निर्वाचित भएका छन्।

यस्तै, ख्याम भुजेल र मिलाकुमारी दरै अल्पसंख्यकबाट सदस्य भएका छन् भने साहीमान राई लेखा समितिको संयोजकमा चयन भएका छन्। सुन्दर तरामु, रामकुमारी श्रेष्ठ (रुवी) लेखा समितिको सदस्य चयन भएका छन्। खुलातर्फको केन्द्रीय सदस्य र महिला सदस्य गरी नौजनाका लागि निर्वाचन भएको थियो भने अध्यक्षसहित बाँकी सबै पदमा निर्विरोध भएको थियो। 

 महाधिवेशन १० वुँदे घोषणापत्र जारी गर्दै सम्पन्‍न भएको छ। नयाँ संविधान पूर्णकार्यान्वयनसँगै भाषा/भाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचानसहित प्रदेशको नामाकरण गर्न घोषणापत्रमा माग गरिएको छ। घोषणापत्रमा संघीयता, समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै जात/जाति, भाषाभाषी, लिंग र क्षेत्रलाई उचित स्थान दिई सही व्याख्या गर्न गर्नुपर्ने भन्दै आदिवासी जनजातिका प्रथाजन्य संस्कृतिविरुद्धका ऐन कानुनहरु तत्काल खारेज महाधिवेशन तीनै तहका सरकारसँग माग गरेको छ।
यस्तो छ घोषणापत्रः

घोषणा–पत्र

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मिति २०७४ चैत २३–२४ मा सम्पन्न छैंटौ सङ्घीय महाधिवेशन काठमाडौंबाट जारी घोषणा–पत्र

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को ‘व्यावसायिक पत्रकारिताका लागि पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नारा सहित २०७४ चैत २३–२४ मा सम्पन्न छैटौं संघीय महाधिवेशन, संघीय राजधानी काठमाडौंले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हक÷हितप्रति  पूर्ण प्रतिवद्ध रहँदै १० बुँदे ‘संघीयतामा समावेशी मिडिया–२०७४’ घोषणा–पत्र जारी गर्दछ,

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रको सुन्दर गहनाका रुपमा रहेका सम्पूर्ण आदिवासी जनजाति, भाषा÷भाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचान सहित प्रदेशको नामाकरण गर्न संघीय÷प्रदेश÷स्थानीय सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।

२. संघीयता, समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै जात÷जाति, भाषाभाषी, लिङ्ग र क्षेत्रलाई उचित स्थान दिई सही व्याख्या गर्न यो महाविधेशन माग गर्दछ । 

३. आदिवासी जनजातिका प्रथाजन्य संस्कृति विरुद्धका ऐन कानूनहरु तत्काल खारेज गर्न यो महाधिवेशन तीनै तहका सरकारसँग जोड्दार माग गर्दछ । 

४. अधिकारका लागि आदिवासी जनजातिले विभिन्न आन्दोलन सञ्चालन गरेको आरोपमा पक्राउ परी थुनामा रहेकाहरु अधिकारकर्मी आदिवासी जनजाति नेताहरुको न्यायिक छानवीन गरी सामाजिक र राजनीतिक रुपमा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई महाधिवेशन माग गर्दछ । 

५. विभिन्न भाषा भाषीमा प्रकाशित पत्रपत्रिका, प्रशारित कार्यक्रमहरुलाई प्रोत्साहन र सम्बद्र्धन गर्न सहुलियतमा सामग्री उपलब्ध गराउन अनुदान, सहुलियतमा ऋण, समानुपातिक विज्ञापन वितरण र सहज पहुँचको वातावरण बनाउन राज्यसँग यो महाधिवेशन माग गर्दछ । 

६. आदिवासी जनजातिहरुको भाषा, संस्कृति र विविधतालाई कायम राख्न मातृभाषामा प्रकाशित पत्रपत्रिकाहरुलाई प्रेस काउन्सीलमा सम्बन्धित भाषा विज्ञसमेतको छुट्टै विभागद्वारा सम्परिक्षण गरी मूलधारका पत्रपत्रिका सरह मान्यता दिई सेवा सुविधा उपलब्ध गराउन यो महाधिवेशन माग गर्दछ । 

७. सरकारी सञ्चार माध्यममा विभिन्न मातृभाषामा काम गर्ने पत्रकारहरुलाई सबै पदमा बढुवा हुन पाउने गरी नियमावली परिवर्तन गर्न माग गरिन्छ । साथै, सबै सञ्चार गृहमा समाचार कक्ष पूर्ण समावेशी, लैंगिक मैत्री बनाउन यो महाधिवेशन माग गर्दछ । 

८. आमसञ्चार सम्बन्धी उच्चस्तरीय समितिले सिफारिस गरेको आमसञ्चार नीति सम्बन्धि प्रतिवेदनको आधारमा बनेको नीति पूर्ण कार्यान्वयन गर्दै आगामी दिनमा बन्ने सञ्चारसँग सम्वन्धित ऐन कानुनहरु पूर्णत समावेसी सिद्धान्तका आधारमा निर्माण गर्न यो महाधिवेशन माग गर्दछ । 

९. समृद्ध नेपाल निर्माणका लागि प्रेस मैत्री सरकार, प्रादेशिक ढाँचामा समावेशी मिडिया, समानताका लागि सबैको सहज पहुँचको वातावरण बनाउन तीनै तहका सरकारसँग यो महाधिवेशन माग गर्दछ । 

१०. व्यस्तताका बाबजुद निमन्त्रणालाई स्वीकार गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं महाधिवेशनको प्रमुख अतिथिका रुपमा समुद्घाटन गरिदिनु भएकोमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई महाधिवेशन विशेष कृतज्ञता अर्पण गर्दछ । साथै फोनिजको निमन्त्रणालाई स्वीकार गरी समुद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुने नेपाल सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री माननीय गोकुलप्रसाद बास्कोटाप्रति हार्दिक आभार व्यक्त गर्दछ । समुद्घाटनमा उपस्थित सबै संघ÷संस्थाका प्रतिनिधि, महाधिवेशन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मण्डल, निर्वाचन समितिलाई महाधिवेशन विशेष धन्यवाद ज्ञापन गर्दछ । साथै यो महाधिवेशनलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, शुभेच्छुक, सुरक्षा निकाय, हल उपलब्ध गराउने नेपाल पुलिस क्लब, सबै प्रदेश, जिल्लाका प्रतिनिधि पर्यवेक्षकप्रति महाधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.