|

बुटवल : प्रदेश ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभामा सरकारको आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख झाले आर्थिक र सामाजिक रूपले समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ ‘समृद्ध प्रदेश, खुसी जनता’को लक्ष्य अघि बढाउने बताए। 

प्रदेश सरकारले काम सुरु गर्दाको अवस्थालाई समेटेर प्रदेशको स्थितिपत्र तयार गरी प्रादेशिक विकासको अवधारणा तयार गरेर योजनाबद्ध रूपमा विकास र समृद्धिको बाटोमा अघि बढ्ने प्रमुख झाले बताए। प्रमुख झाले कानुन र स्रोतको अपर्याप्तता रहेको बताउँदै संविधानअनुसार आउनुपर्ने प्रशासन र विकासका सांगठिनक संरचना र आवश्यक जनशक्ति अहिलेसम्म केन्द्रबाट प्रदेशलाई हस्तान्तरण नभएको बताए। 

विभिन्न कठिनाइका बाबजुद पनि प्रदेश सरकारले विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्दै अघि बढेको प्रमुख झाले उल्लेख गरे। कृृषि, उद्योग र पर्यटन अर्थतन्त्रका खम्बा रहेको भन्दै प्रदेश प्रमुख झाले प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास रणनीति अवलम्बन गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.