|

काठमाडौं : गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। आइतबार मेलिनाकै युट्युब च्यानलबाट ‘बितेका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। उत्तमजंग लिम्बूको संगीत रहेको उक्त गीतमा राज थेगिम अश्रुतका शब्द समावेश छन्।

अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैँ फिचरिङ छन्। मेलिनाले अभिनय गरेको यो नै पहिलो म्युजिक भिडियो हो।

गीत र भिडियोलाई लिएर आफू निकै उत्साहित भएको मेलिनाले बताइन्। उनले भनिन्, ‘मैले भिडियोमा आफैँ अभिनय गरेकी छु। यो मेरो सानो प्रयास हो। यसलाई दर्शक-श्रोताले मनपराइदिनुहुन्छ भन्ने आशा छ।‘

फणीन्द्र राईले एरेन्ज गरेको यस गीतलाई मुकेश मुकारुङले मिक्सिङ गरेका छन्। भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन्।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.