|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १४ मा योजना अनुगमनमा जाँदा भेट्टाएको सालक वन कार्यालयलाई बुझाइएको छ। गएको शनिबार वडा कार्यालयको योजना अनुगमनमा जाँदा फेला पारेको सालक आइतबार वन कार्यालयको जिम्मा लगाइएको हो।

वनका कार्यालयका प्रमुख विष्ण्ुाप्रसाद भण्डारीले उदयपुरका वन क्षेत्रमा दुर्लभ प्रजातिका सालक रहेछन् भन्ने प्रमाण भएको बताए।  ‘वडा कार्यालयको टिमले योजना अनुगमनमा जाँदा फेला पारेको साल वन कार्यालयमा जिम्मा लगाउनु भएको छ,’ भण्डारीले भने, ‘नेपाल दुर्लभ जन्तुमा पर्ने सालक हो। हामीले वनमै लगेर छाड्ने छौँ।’

त्रियुगा नगरपालिका १४ का सचिव रितकुमार राउतले वडाको विकास निर्माणको योजनाको अनुगमनमा जाँदा फेला पारेको सालक वन कार्यालयमा जिम्मा लगाएको बताए। ‘हामी वडा अध्यक्षलगात सबै थियौँ’, उनले भने, ‘दुर्लभ सालक फेला प¥यो, पक्रेर ल्याइ वन कार्यालयमा बुझायौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.