|

कालिकोट : जिल्ला पशु सेवा कार्यालय कालिकोटले नेपाल सरकार सञ्चालन गरेको कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनामा प्रस्ताव ०७४÷७५ को ९० लाख रुपैयाँ अनियमिता भएको पाइएको छ। आयोजनाले वास्तविक किसान नदिएर नक्कली किसानहरुलाई रकम दिएर ९० लाख रुपैयाँ अनियमिता गरेको हो।

जिल्ला पशु सेवा कार्यालयका कर्मचारी, नक्कली किसानहरु मिलेर आयोजना रकम अनियमिता गरेको पाइएको हो। अनियमिता गर्नेमा निर्वाचित वडा अध्यक्ष, पत्रकार, व्यापारी र राजनीतिकर्मीहरुको समेत मिलेमतो भएको पाइएको छ।

तीन लाखसम्म अनुदान पाउने साना किसानहरुको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्जेन्सी भनेर लगेको २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजारसम्म रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए। ‘किसानहरुलाई व्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्टल्जेन्सी नकाटनुपर्ने हो।’ उनले भने,‘कति त नक्कली किसानहरुलाई समेत अनुदान दिएको छ।’

जिल्लाका ३३ वटा समूह सहकारी अनुदान दिइएको रकममा ३२ वटा समूहबाट १३ हजार ७ सय ७५ हजारसम्म ४ लाख ४० हजार र १ समूहबाट १५ हजार रुपैयाँ समूहबाट पशु सेवा कार्यालयबाट उठाइएको पाइएको छ। अनुदान लिनेहरुले अनुदानको रकम लगेको भए पनि व्यवसाय सञ्चालन गरेका छैनन्।

वास्तविक किसानहरुलाई दिनुपर्ने अनुदान रकम कुखुरापालन समूहलाई डेरी सञ्चालन गर्नसमेत अनुदान दिइएको छ। आफूले व्यवसाय सञ्चालन गर्नका लागि अनुदान लगेको भए पनि व्यवसाय सञ्चालन गर्न नसकिएको नरहरिनाथ गाउँपालिका-८ अनिलकुमार विष्टले बताए।   

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.