|
फोटो : बिबेक बस्यल

काठमाडौं : नायिका नम्रता श्रेष्ठ र विपीन कार्कीको मुख्य भूमिका रहने फिल्म 'प्रसाद' निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको अफिसियल निर्माण घोषणा गरिएको हो। 'सुभाष थापा प्रोडक्सन'को व्यानरमा निर्माण हुने फिल्मलाई दिनेश राउतले निर्देशन गर्दै छन्।

परिवारिक कथा बोकेको फिल्ममा नि:सन्तानका कारण पति-पत्नीबीच आउने असमझदारीलाई देखाउन खोजेको निर्देशक राउतले बताए। उनले भने, 'मैले रोमान्टिक लभ स्टोरी फिल्म बनाउँदै आइरहेको छु। यो फिल्मचाहिँ एकदमै फरक जनरामा निर्माण गर्दै छु। पारिवारिक फिल्म भएकाले पनि यस फिल्मले हँसाउने वा रुवाउने भन्दा पनि एक पटक सोच्न बाध्य गराउनेछ।'

सुशील पौडेलको लेखन रहने यस फिल्ममा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। बैशाखको अन्तिम साताबाट छायांकनमा जाने यस फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.