|

रूपन्देही : प्रदेश ५ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश ५ का प्रमुख उमाकान्त झाले संसद्मा प्रस्तुत गरेको तथा मुख्यमन्त्री शंकर पोखरेलले टेबुल गरेको नीति कार्यक्रम ४ घण्टाको छलफलपछि पारित भएको हो। 

नीति कार्यक्रममा ३२ जना प्रदेश सांसद्हरूले सरकारलाई विभिन्न सुझाव दिएका छन्। सरकारले ल्याएको नीति कार्यक्रम अपुरो भएको भन्दै सांसद्हरूले सुधार गरेर कार्यान्वयनमा लैजान सुझाव दिए। 

प्रतिउत्तरमा मुख्यमन्त्री पोखरेलले सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्दै साथ दिन आह्वान गरे। सोमबार कै प्रदेशसभाको बैठकले पूर्वगृहमन्त्री तथा दाङका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। प्रदेशसभाको अर्को बैठकले चैत २९ गतेका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.