|

काठमाडौं : नेपाली छन्दकविताको उन्नयन र प्रवर्द्धनका लागि क्रियाशील 'छन्द-अलंकार'को आयोजनामा एकदिने अन्तर्राष्ट्रिय छन्दउत्सव- २०७४ सम्पन्न भएको छ।

राजधानी काठमाडौंमा शनिबार वरिष्ठ समालोचक तथा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा  उक्त उत्सव सम्पन्न भएको हो।

उत्सवमा डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालले 'नेपाली छन्द कविता लेखन : अबको गन्तव्य' विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए। यस अवधारणापत्रले डायसपोरामा नेपाली छन्द साहित्यलार्इ उचित अग्रगमन र समयानुकूल मार्गदर्शन गर्ने अपेक्षा गरिएको अमेरिकामा रहेका आयोजक पुरानाघरेले बताए।

उत्सवमा प्रथम विश्वव्यापी नेपाली छन्द कविता भिडियो प्रतियोगिताका विजयी कविहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो।

छन्द-अलंकारकी एक सदस्य अमेरिकाको भर्जिनिया निवासी कवि दुर्गा रिजालको दोस्रो छन्दकविता कृति 'पातालको ताल'को लोकार्पण तथा अन्तर्क्रिया पनि गरिएको थियो। उक्त कृति छन्द-अलंकारले प्रकाशन गरेको हो।

देश विदेशबाट आएका छन्द-अलंकारका प्रतिनिधिहरू र प्रथम विश्वव्यापी नेपाली छन्द कविता भिडियो प्रतियोगितामा पहिलो,  दोस्रो,  तेस्रो स्थान हासिल गर्न सफल कविहरूका प्रतिनिधि कविताहरू पनि उत्सवमा वाचन गरिएको थियो।

संयुक्त अधिराज्य बेलायतमा स्थापना भएको शान्तादेवी लुइँटेल प्रतिष्ठानले नेपालबाहिर रहेर नेपाली छन्द साहित्यमा अब्बल योगदान दिएकामा कवि दुर्गा रिजाललार्इ सार्वजनिक सम्मान पनि गरिएको थियो।

यो पनि पढ्नुहोस् :

अन्तर्राष्ट्रिय छन्दउत्सव, २०७४ हुने 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.