|

रुकुम : रुकुम पूर्वको हुकाममा विद्युत् आयोजना सुरु भएको लामो समयसम्म पनि गाउँमा बिजुली नबलेपछि स्थानीय आफै काममा जुटेका छन्। रुकुम उज्यालो कार्यक्रमअन्तर्गत ०६६ मा सुरु भएको तनागर लघु जलविद्युत् आयोजनाको काम नौ वर्षसम्म पनि सम्पन्न नभएपछि स्थानीय आफैं जनश्रमदानबाट बिजुली बाल्न जुटेका हुन्।

८१ किलोवाटको उक्त आयोजना निर्माणको जिम्मा लिएको तनागर लघु जलविद्युत् निर्माण उपभोक्ता समितिले प्रत्येक वर्ष बिजुली बल्ने आश्वासन दिएपनि काम भने एक दशक पुग्न लाग्दा पनि पूरा गरेन। त्यसैले स्थानीयले नै विद्युत ट्रान्सर्फमर राख्नेदेखि अन्य व्यवस्थापनको काम गरिरहेको स्थानीय अशोक घर्तीमगरले बताए। 

उनले पटकपटकमा फेरबदल भइरहने उपभोक्ता समितिका कारण निर्माण ढिलाई भए पनि यस पटकको समितिले दुई महिनाभित्रै बिजुली बाल्ने दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.