|

बारा  : पूर्वपश्चिम राजमार्गको बाराको पथलैया–हेटौँडा सडक खण्डको जितपुरसिमरास्थिते आधाभार क्षेत्रमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको बा.२ज १९१० नम्बरको ट्याक्सी अनियन्त्रित भई पल्टिँदा ट्याक्सीका चालक ललितपुरका ३० वर्षीय राकेन्द्र महर्जनको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भिर घाईते भएका चालक महर्जनको उपचारको क्रममा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। ट्याक्सीमा सवार सोही ठाउँका आनन्द दास घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.