बारा : बाराको कलैया उपमहानगरपालिका- २४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिमा मलासिस ट्यांक विस्फोट भएको छ। उखु पेलेर लेदो निष्काशन हुने ट्यांक विस्फोटमा परी नौ जना घाइते भएका छन्।
विस्फोटमा घाइते भएकाकाे उपचारका लागि कलैया र वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताए।घटनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।