उदयपुर : मंगलबार राति कटारी नगरपालिका-९ बतासका गंगाप्रसाद पोख्रेलको घरमा चट्याङ लागेर दुई लाख बराबरको क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पोख्रेलको घरमा जडान गरेको १९० सोलारमा क्षति पुर्याएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार सोलार प्यानल, तार,ब्याट्री पूर्णरुपमा क्षति भएको छ। घरकै आँगनमा चट्याङ परेकाे भएपनि चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रमुख भट्टले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।