|

बारा : बाराको कलैया उपमहानगरपालिका-२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालि उद्योगमा भएको विस्‍फोटमा परी घाइते भएका एकजना मजदुरको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचारको क्रममा भारतीय नागरिक ४५ वर्षीय राम सनईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

उद्योगको एक लाख ७० हजार लिटर क्षमताको उखु पेलेर लेदो निस्कासन हुने मलासिस ट्याक मंगलबार मध्यान्न विष्फाेट भएको थियो। विस्‍फोटटमा परी घाइते भएका ९ जनाको कलैया र वीरगञ्जमा उपचार भइरहेको छ। घाइतेमध्ये आठ जनाको नेशनल मेडिकल कलेज र एक जनाको जिल्ला अस्पताल कलैया अस्पतालमा उपचार भइरहको छ। 

विष्फाेटमा परी घाइते हुनेमा कलैया उपमहानगरपालिका २ का ब्रजेश महतो, महागढीमाई नगरपालिका ११ का ४७ वर्षीय नागेन्द्र ठाकुर, बारा भोडहाका ३० वर्षीय प्रमेश्वर साह, उत्तरझिटकैयाका २७ वर्षीय भूपेन्द्र मण्डल, ३५ वर्षीय रमेश यादव, शितलपुरका ३५ वर्षीय देवनारायण महतो, पर्सा भेडिहारीका ३२ वर्षिय प्रेमराउत बरई र भारतीय नागरिक ५२ वर्षीय कमलेश्वर सिंह रहेका छन्।

गम्भीर अवस्थाका तीन जनालाई काठमाडाैं पठाउने तयारी भइरहेको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। विष्फाेटबाट उद्योगमा कति क्षति भएको भन्ने बारे अझैं खुलेको छैन। घटनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.