|

प्रिय नेता नमस्कार!

तिम्रो बारेमा त जानकार नै छु, तिमी सञ्चै छौं, म खुशी छु। तर यहाँ पनि म सञ्चै भएको जानकारी गराउन पाउँदा मलाई खुशी लाग्छ।

सायद तिमीले त मलाई बिर्सिसक्यौं होला। नबिर्सनु पनि कसरी? हाम्रो संगत भएको १० वर्ष मात्र त भएको थियो। तर विछोड भएको पनि ८ महिना पुगिसकेछ।

म आफूलाई कसरी चिनाउँ? म त्यही मान्छे हुँ, जो तिमीलाई भेट्न जतिबेला पनि आतुर हुन्थ्यो! तिमीलाई भेट्न म कहाँ पुगिन? बालुवाटार, सिंहदरबार र बानेश्वर त हाम्रो भेट हुने जक्सन नै थिए। तिम्रो पिछा गर्दै धुलिखेल, गोकर्ण, गोदावारी,हात्तिबन कुन रिसोर्ट र कहाँ कहाँ पो पुगिएन र?

म आफूलाई कसरी चिनाउँ? म त्यही मान्छे हुँ, जो तिमीलाई भेट्न जतिबेला पनि आतुर हुन्थ्यो! तिमीलाई भेट्न म कहाँ पुगिन? बालुवाटार, सिंहदरबार र बानेश्वर त हाम्रो भेट हुने जक्सन नै थिए। तिम्रो पिछा गर्दै धुलिखेल, गोकर्ण, गोदावारी,हात्तिबन कुन रिसोर्ट र कहाँ कहाँ पो पुगिएन र?

देउवा निवास, कोइराला निवास, पौडेल निवास, ओली निवास, खनाल निवास, नेपाल निवास, प्रचण्ड निवास, काजी निवास, भट्टराई निवास, वैद्य निवास मात्र के कुरा सिद्धिलाल सिंह, दुमन सिंह थापा क्षेत्री लगायत धेरै सभासद् र नेताका घर पनि धाएँ।

प्रिय नेता! त्यति मात्र कहाँ हो र? तिमीलाई भेट्न म तिम्रा पार्टीका हरेक बैठकमा पुगें। सेमिनार र गोष्ठीमा पुगे। तिमीले भाषण गर्ने थलोमा पुगे। तिमी मलाई छल्दै जान्थ्यौं म तिम्रो पिछा गर्दै जान्थे। अनि तिमीलाई भेट्न आउने तिम्रा कार्यकर्तासँगै आउँथे। तिम्रा गोप्य बैठक ढुकेर बस्थेँ।

तिमीले अझै चिनेनौं है? म त्यही मान्छे हुँ, जो तिमीलाई भेट्न तिमी जहाँ जान्थ्यौं, त्यही पुग्थेँ  तिमीप्रतिको एकोहोरो माया त यति बसेछ कि तिमी मलाई छल्दै जान्थ्यौ, म पिछा गर्दै जान्थेँ। मलाई तिम्रो आवाज रेकर्ड गर्न हतार हुन्थ्यो। तिमी नबोली भाग्दा म जबर्जस्ती तिम्रो आवाज र फोटोलाई मेरो रेकर्डर र क्यामरामा कैद गर्न आतुर हुन्थेँ। 

त्यति मात्र कहाँ हो र! रेर्कडरमा कैद भएका तिम्रा सुन्दर वाणीलाई जस्ताको तस्तै उतारेर समाचार बनाउन मलाई कम्ती हतार हुदैनथ्यो। 

मलाई चिन्न तिमीलाई अझै गाह्रो भयो होला है! बिहान ६ बज्ने बित्तिकै रेडियोबाट तिमीले बोलेका अमरवाणी, तिमीले बाँडेका आश्वासन, तिमीले बैठकमा बोलेका कुरा, तिमीले गरेका अरुका आलोचना, कसैका प्रशंसा आदि समेटिएका समाचार पढ्न हतार हुन्थ्यो अनि सारा दुनियाँलाई सुनाउँथे नि! 

प्रिय नेता! तिमीलाई फोन गर्दैमा मेरो मोवाइलको कत्ति धेरै पैसा स्वाहाः भयो। तिमीसँग बोल्नका लागि मलाई कहिल्यै रात भएन, कहिल्यै बिहान भएन। रातिराति पनि फोन गरिरहें। तिमी विस्तारामा भएको बेला पनि बिहानै फोन गर्न मलाई हतार भयो। अनि तिम्रो दैनिकी, तिमीले बोलेका कुरालाई समेटेर समाचार लेख्थें अनि पढेर सारा जनतालाई सुनाउथे नि!

कहिले तिमीलाई दाई ‘जय नेपाल’! भनेर तिम्रो आफ्नो बन्न खोजेँ। कहिले ‘कमरेड लालसलाम’ भनेर तिम्रा कुरा सुन्न चाँहे। त्यसो गर्दा तिमीले पनि त मलाई आफ्नै पार्टीको कार्यकर्ता जस्तो ठानेर सत्यतथ्य ओकल्थ्यौं अनि मैले समाचार बनाउँथे र कहिलेकाँही त तिम्रा पार्टीका र दलका बैठकमा आलोचित पनि हुन्थ्यौ। किनकि मेरा अग्रजहरुले त्यसै गरेको मैले देखेको थिएँ, त्यही सिकेँ। हो....त्यही पत्रकार हो क्या म। कति छिटो बिर्सेको! 

केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिँदै बोमलाल गिरी

तिमीसँग विछोडिएको ८ महिनामै हाम्रो ०६२ देखि ०७२ सालसम्मको संगत बिर्सिएछौं है? म त तिमीलाई सधै सम्झिरहन्छु। तर तिम्रो कस्तो अनौठो बानी! यत्रो ८ महिनासम्म पनि एउटा फुर्तिलो केटो थियो, म जहाँ पुग्छु त्यही भेट्न आउँथ्यो, फोन गरिरहन्थ्यो, कहिले त स्टुडियोमै बोलाएर मेरा कुरा राख्न लगाउँथ्यो। अचेल कहाँ गएछ? कता के गर्दै होला? दुःख पाइरहेको होला कि! भनेर कहिल्यै सम्झेनौं है !

म जस्तै तिमीलाई माया गर्ने धेरै पत्रकार पो हराएका छन् त। तिमीबाट टाढिएर म जस्तै बिदेशिएका छन्। सायद नाम भन्यो भने चिन्न पनि सक्छौं। तर म भन्दिन। अभाव महसुस गर्छाै भने आफैं खोज र उनीहरु किन विदेशिए समस्याको पहिचान गरी समाधान गर्ने प्रयास गर।

हुन त सम्झना होस् पनि कसरी? म तिम्रो अन्धभक्त कार्यकर्ता पनि थिइनँ। अहिले त मेरो ठाउँ त अर्कै पत्रकारले लिइसकेको छ। तिमीलाई त्यसरी नै भेट्न, फोन गर्न, तिम्रा सत्य असत्य कुरा सुन्न र सुनाउन उ पनि त म जस्तै आतुर छ। त्यसैले तिमीलाई कहिल्यै मेरो अभाव महसुस भएन। एउटा पत्रकार हराएर के भो त भन्ने लागेको होला है?

तर प्रिय नेता! म जस्तै तिमीलाई माया गर्ने धेरै पत्रकार पो हराएका छन् त। तिमीबाट टाढिएर म जस्तै बिदेशिएका छन्। सायद नाम भन्यो भने चिन्न पनि सक्छौं। तर म भन्दिन। अभाव महसुस गर्छाै भने आफैं खोज र उनीहरु किन विदेशिए समस्याको पहिचान गरी समाधान गर्ने प्रयास गर।

तिमीलाई थाहा छ कि छैन कुन्नी? म त तिम्रै कारणले विदेशिएको हुँ नि। तर यसो भन्दा तिमीलाई अचम्म लागे होला है? हो, तिम्रै कारणले हो। 

तिमीलाई एउटा घटना स्मरण गराऔं? जब म त्यति बेला रात दिन नभनी रेडियो पत्रकारिता गर्थे। कहिलेकाहीँ त लगातार २४ घण्टासम्म पनि संविधानसभा भवनमा तिमीलाई नै कुरेर बसेँ। त्यो त तिमीलाई पनि याद होला। त्यति गर्दा पनि पाएको एक महिनाको तलबले श्रीमती र एउटा छोरो पाल्न पनि गाह्रो हुन्थ्यो।

राती बसेर हिसाब किताब गर्दा मेरो न्युनतम खर्च मासिक १९ हजार ५ सय हुँदो रहेछ। मेरो र म जस्तै पत्रकारको न्युनतम तलब त्यत्ति नै पुर्‍याउने व्यवस्था गरिदेउन प्रिय नेता भन्दा पनि तिमीले सुनेनौं। भलै अहिले त्यो मेरो खर्च अनुसारको पत्रकारको न्यूनतम पारिश्रमिक लागूभएको छ भन्ने सुनेको छु। तर मलाई पटक्कै विश्वास छैन त्यो कार्यान्वयन भएको होला भन्नेमा। 

रिपोर्टिङका क्रममा पुष्पकमल दाहाल प्रचण्डको भनाई रेकर्ड गर्दै बोमलाल गिरी

म अहिले युरोपतिर भौतारिरहेको छु। र, झल्झली तिमीलाई सम्झिरहेको छु। मैले तिम्रो लागि के सम्म गरिन? तर तिमी! तिमी त निर्दयी स्वभावको मान्छे रहेछौं। हाम्रो भविष्य तिम्रो हातमा निर्भर रहने। तर तिमी आफ्नो फाइदा बाहेक अरुको भलो गर्न नचाहने! तिम्रै कारणले अहिले मेरो तीन जनाको परिवार तीन तिर भएको छ। नाबालक छोरा छाडेर हामी पति पत्नी छुट्टाछुट्टै देशमा रोजगारीका लागि आएका छौं। 

यो मेरो मात्र होइन। म जस्तै सयौं पत्रकारको पीडा हो। पत्रकारको मात्र के भन्नु? आम नागरिकको पीडा हो। मेरो पीडा एकातिर छँदैछ। तर मानौं म त अझै युरोपको विकसित देशमा छु। तर मानसिक र शारीरीक पीडा कम छैन। अझै खाडी मुलुकमा पसिना बगाउनेहरुको बेदना कस्तो होला? तिमी त देश विदेश सबै डुलिसकेको, घुमिसकेको अनि धेरैका पीर व्यथा सुनेको खप्पिस मान्छे। तर कुरो बुझेर पनि बुझ पचाउँछौं लाचार बनेर। अनि म र हामी नविदेशिएर के गर्ने?

तिमीले मलाई वास्ता नगरे पनि म तिम्रो बारेमा पलपल अपडेट छु। तिमीले के गर्‍यौं, कहाँ के बोल्यौं, कहाँकहाँ गयौं, कोकोसँग भेट्यौं। सबै थाहा छ। तर थाहा पाएर के गर्नु? कहिलेकाहीँ त तिम्रो आचरण देखेर रिस उठ्छ। 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग रेडियो सामग्रीका लागि कुराकानी गर्दै बोमलाल गिरी।

नेपाल र विदेशमा ‘अहिलेको व्यवस्थाभन्दा त राजतन्त्र नै ठीक’ ‘पहिले एउटा राजा अहिले त राजा पनि कति हो कति’ ‘लोकतन्त्र त खत्तम पो रैछ’ ‘कहिलेकाहीँ त यी सबै नेतालाई भुटिदिउँ जस्तो लाग्छ’ जस्ता अभिब्यक्ति र आक्रोशहरु सुन्छु। त्यतिबेला त म तिम्रै पक्षमा उभिएर बचाउ गर्छु। तर खै तिमीले बुझेको ?

अहिलेलाई त यति भन्न मन छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट चिच्चाएर देशमा भविष्य नदेखी विदेशको सपनामा नेपाल छोड्नै लागेका ती हजारौं नेपालीलाई रोकौं! कर्म विदेशमा होइन, नेपालमै गरौं, सोचे जस्तो छैन विदेश, यहाँ धेरै दुःख छ। तर यो भन्न पनि त म कहाँ सक्छु छ। त्यो आँट म कसरी गरौं ?

कल्पनामा, सपनामा यथार्थमा नेपाल छ । तर यति लेख्दा लेख्दै यहाँ रातिको एक बजिसकेछ। नेपालमा रोसन पुरी र गीता कँडेल बिहान ६ बजेको ‘नेपाल परिवेश’ पढ्दै छन्। समाचार सुन्दै गर्दा, मेरो देश, मेरो परिवार, मेरो साथीसंगीबाट टाढा हुनुको पीडाबाहेक तिमीले उब्जाएका समस्याले विदेशिएर पछुतो त केमा मान्नु र खै! भक्कानो छुटेर आउँछ तिमीलाई सम्झिदा पनि। 

मनमा अनेक कुरा खेलिरहेका छन्। तिमीलाई भन्नुपर्ने धेरै कुरा छन् । कल्पनामा, सपनामा यथार्थमा नेपाल छ । तर यति लेख्दा लेख्दै यहाँ रातिको एक बजिसकेछ। नेपालमा रोसन पुरी र गीता कँडेल बिहान ६ बजेको ‘नेपाल परिवेश’ पढ्दै छन्। समाचार सुन्दै गर्दा, मेरो देश, मेरो परिवार, मेरो साथीसंगीबाट टाढा हुनुको पीडाबाहेक तिमीले उब्जाएका समस्याले विदेशिएर पछुतो त केमा मान्नु र खै! भक्कानो छुटेर आउँछ तिमीलाई सम्झिदा पनि। 

आजको नयाँ भनिएको समाचारमा पनि उही अभाव, उही महङ्गी, उही अस्तव्यस्तता, नाकावन्दीको प्रभाव, लोडसेडिङ, पिउने पानीको समस्या, धुलो, धुवा, फोहोर, राजनीतिक अस्थिरता, आरोप प्रत्यारोप, दुर्घटना नै छन्। 

त्यसैले त न म विदेशिने नेपालीलाई रोक्ने आँट गर्न  सक्छु, न त विदेशमा सुख शान्ति र प्रशस्त धन कमाई हुन्छ भनेर तिमीले जस्तो आश्वासन बाँड्न नै सक्छु। मनमा यस्तै यस्तै कुरा खेल्दै गर्दा सुत्न ढिला भइसकेछ। भोलि बिहानै फेरि काममा जानुछ...।

तर पनि अन्त्यमा तिमीलाई एउटा कुरा चाहिँ भन्नु नै छ। सायद अरु केहीले जस्तै तिमीले पनि सोचे हौला म पलायन भए भनेर। मेरो कलम रोकियो र रेकर्डर फुट्यो भन्ने पो ठान्यौ कि! तर अँह छैन। मेरो पत्रकारिताको यात्रा रोकिएको छैन र रोकिन्न पनि। 

मैले अहिले पनि प्रशस्त धन कमाई सुन्दर भविष्यको खोजीमा युरोप हिँड्दाको व्यथा, ३५ लाख रुपैयाँसम्म खर्च गरेर ३ महिना समुद्रको बाटो हुँदै युरोप छिर्दाका नेपाली युवाका पीडादायी व्यथा, दलालको ठगीधन्दा, अनि यहाँ आएर पनि काम नपाएर भोगेको नेपालीको पीरव्यथालाई रेकर्डर र क्यामरामा कैद गरिरहेको छु। समय मिलाएर विस्तारै पोख्दै जानेछु। धैर्य छ भने सुन्ने र समस्या समाधानको पहल गर्ने आँट गर्नु। अन्यथा तिमी सँधै आलोचनाको पात्र मात्र बन्नेछौ पुस्तौंपुस्तासम्म पनि। धैर्यताका साथ समय दिएर यति पढ्ने आँट गरेकोमा आभारी छु मेरो प्रिय नेता।

धन्यवाद ।

उही बोमलाल गिरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • yo bisaya gambir x.. sabai vanda paila sathiharulai chetana vaya,, aafu kun desh ko nagarik hau, aafno desh ko rajnitik abastha kasto x, aafno desh ka janta ko jibansthar kasto x. e barema sathiharu Ali onbigya ko xaya ma pareko jasto lagyo. pran vanda pyaro aafno janvumi xodera lakhau yuba kina bideshya ka xan, timilai jatti nepalko Maya hamilai pani x..aama, baba, xoraxori, sathivai xodera bidesh vumima pasina bagauna kaslai rahar x. sayad timi su sampanna paribar ka Santana haula usota timile bideshi ko betha mathi aalochana gardai xau. jasle bidesh ko Pida lai jasta ko tastai utareka xan tesmathi timilai aalochana garna garo hunu parne ho. sayad maile aghi nai vanisakya timi sampanna paribarko manxe vayara hola ra bidesh ko pida ko barema alikati gyan xaina hola vaya pani vogeko vaya po. desh bebastha kura garxau?? sakxa vane desh mai rojgar ko bebastha delau ra sabailai manab adhikar ko partavuti yanaki kam garera jiune aadhar taya gar ani kina janxan bomlal jasta dherai patrakar bidesh gayaka Nepali ka kahani lai batulna. k sakxau ??? timi kina boml al ko aalochana garxau . timilai tha x yo aalochana timile bomlal lai hoina singo bidesh ma raheka Nepali mathi parahar gardai xau..... hoina jasle bidesh ko pida lai kalam ko sahatale pokheka xan unilai aalochana garnu vanda paila desh hakne bektilai yo vanaki, k desh ma rojgar ko sirjana garna sakkidaina ?? kina Nepali aama ka xoraxori lai bidesh ma pasina bagaune batabaran sirjana vako x?? timile bomlal lai vaneka xau ni sarnarthi ka lagi nibedan deula vanera/ sayad di sakeu hola vanera.. yahanera timima bomlal mathi bektigat risib dekhinxa natra timile yasto bakamfuse kura garne thiyanau. thik x bomlal le nibedan deya ya diyanan tyo unlai tha hola but bomlal jasta hajarau nepali kina sarnarthi ko lagi nibedana dina badhya vayaka xan ra uniharuma kina bistarai bidesh ko lav x . sayad timilai tha hunuparne yasko ans. desh ma bachikhane aadhar xaina. timi ta yo bisaya ma kag lai bel pakyo harsh na bismat hunu parne jabaki timima manbta ka vab xainan, xan ta kebal positive kura ma pani aalochana ka vab so timilai manab vanera uchcharan garna pani garo x. ra sabai bidesh ma raheka Nepali aama ka Santana le bomlal giri mathi ko lekhma timile gareko aalochana ka sabda lai jiudai jalaune xan. antema yadi timi ma tyo himmat xa vane sabai Nepal aama ka santan lai desh ma rojgari ra bachikhane bebastha banau ani koi bahira Jane xaina.. ra timile bidesh ma raheka lai farka vanera vannu aabesek xaina kina ki sabai aafai farkine xan. jatti timi desh lai Maya garxau tyo vanda badi bidesh ma raheka hami le garxau. jatti timilai desh ko chinta x tyo vanda badi hamilai x. jatti timilai gharparibar ko Maya xa tyo vanda badi Maya hamilai xa.. tesaile swovabik bisaya lai aalochana hoina parsamsa garna sik hoina vane mauna basa tesima timro man le Santo pauxa.. Abhiraj oli AP

  • कुनैबेला नेपालमा रहँदा माओवादीले जे गरे पनि राम्रो देख्ने बोमलालहरुले युरोपमा लुकेर पनि म नेपालमा पत्रकारिता गरिरहेको थिएँ भन्नका लागि यस्ता भावनामा बगेर ब्लग लेखेका हुन्। माओवादी भनेपछि हुरुक्कै हुने बोमलालले माओवादीबाट फाइदा लुट्नुसम्म लुटे। अहिले आएर युरोपमा पुगेर गोहीको आँसु बगाउनुको कुनै अर्थ छैन मित्र। नपत्याए त्यतिबेलाका तिम्रा साथीहरुलाई सोधेपनि हुन्छ। सक्छौं भने स्वदेशमै फर्करे यही केही गर अनि लेख ब्लग। अन्यथा तिम्रा यस्ता ब्लगले तिम्रो असली स्वरुप दुनियाँले चिन्नेछ। चेतना भया।

  • यस्तो बनाबटी स्वाङको कुनै अर्थ छैन मित्र । शरणार्थी बनेर पैसा कमाउने लोभमा युरोप छिर्यौ अनि अहिले यहाँको व्यवस्थालाई गाली गर्दैछौ ? देश बनाउन तथा देशमै संघर्ष गर्न नसकेर वा मीठो सपनाको लोभमा पलायन हुनेलाई देशको व्यवस्थाप्रति गाली गर्ने अधिकार छैन । तिमीले नेपालमा के पाएका थिएनौ ? नाम पाएका थियौ । पत्रकारिताबाट दाम पनि राम्रै कमाएका थियौ मलाई राम्रोसँग थाहा छ । देशमा न त टेक्ने हाँगो न समाउने हाँगो को हालतमा वैध रुपमा खाडीमा पसिना बगाउन गएका र समय सकिएपछि नेपाल फर्किएर पुन भिषा थपेर फेरि पसिना बगाउन जाने परिश्रमी तथा स्वाभिमानी युवाहरुसँग आफूलाई नदाँज । किनकी तिमी त वास्तवमा राष्ट्रघाती हौ । युरोपमा टुरिष्ट भिषामा गएका तिमी भिषाको अवधि सकिएपछि नेपाली पासपोर्ट फ्याँक्नेछौ र हात ठडाएर आत्मसमर्पण गरी शरणार्थीका लागि निवेदन दिनेछौ । सायद निवेदन हालिपो सक्यौ की ? नेपालमा आफू नै सम्बद्ध रहेको दल अर्थात माओवादी विरुद्ध नै तिमीले निवेदन हाल्नेछौ मलाई थाहा छ । नेपालमा बसिखान दिएनन् माओवादीले, ज्यानको जोखिम भो शरण पाउँ भनेर तिमीले हालेको दरखास्तबाट युरोपेली अधिकारीहरुको मन पग्लेला र तिमीलाई शरण पनि देलान् । त्यसैले मित्र ठूला कुरा नगर । देश संकटमा रहेको बेला पुच्छर लुकाएर हिँड्नेलाई देशको व्यवस्था विरुद्ध पराया भूमिबाट धारेहात लगाउने अधिकार छैन । तिमीपनि नेपाल आमाले सराप्ने एक कपूतको कोटीमा परिसकेका छौ । हिम्मत छ भने आउ देशमा फर्क वा काम गर्नका लागि वैधानिक रुपमा विदेश जाउ । शरणर्थी बनेर देशका विरुद्ध विदेशबाट बोलेर राष्ट्रघात गर्ने अधिकार तिमीलाई छैन । सम्पादक ज्यू सायद मेरो यो प्रतिक्रिया तपाइँले प्रकाशित गर्नुहुन्न होला । तर मेरो विनम्र अनुरोध छ यो प्रकाशन गर्नहोला । विदेश पलायत भएर देशका विरुद्ध ठूला कुरा गर्नेहरुका लागि यो झापड हुनसक्छ । यो नेपाल आमाको बोली हो ।