|

उदयपुर : उदयपुरको उदयपुगढी गाउँपालिकामा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टकाअनुसार उदयपुरगढी गाउँपालिका- ८ की कृष्णमाया तामाङको मृत्यु भएको हो। चट्याङ लागेर एक १५ वर्षकी बालिका सम्झना तामाङ गम्भीर घाइते भएकी छन्।

घरमै बसिरहेको अवस्थामा चट्याङले लागेर घाइते भएकी तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीको भनाइ छ। यसैगरी हावाहुरीले उदयपुरको चौदण्डीगढी नगरपालिका- १० मा सातवटा घरका छाना उडाएको पनि प्रहरीले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.