|

पाँचथर : फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रतियोगितामा न्यु स्टार फुटबल क्लव सुनसरी विजयी भएको छ।

फिदिम माविको खेल मैदानमा भएको खेलमा जावलाखेल युथ क्लब ललितपुरलाई ट्राइ ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो। निर्धारित समयमा दुवै टिमबाट २/२ गोल भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो। सुनसरीलाई जिताउन हेमन्त थापामगर, निशान लिम्बु, सुरज सुनुवार र रमेश राजवंशीले गोल गरे। 

जावलाखेलका लागि टंक कार्की र डिजेब्रिलले गोल गर्दा सुशान्त श्रेष्ठ र विशाल तामाङले प्रहार गरेको बल सुनसरीका गोल रक्षक विवस चौधरीले उत्कृष्ट बचाउ गरे।त्यसअघि खेलको ३४औँ र ८४औँ मिनेटमा सुनसरीका हेमन्त थापा मगरले गोल गरे भने जावलाखेलका लागि डिजेब्रिलले ५१औँ र ग्लोरिले ७० औँ मिनेटमा गोल गरे। विजयी भएसँगै सुनसरीले सेमिफाइनलको यात्रा तय गरेको छ। यसअघि नै मिसन युनाइटेड ताप्लेजुङ र रेडहर्ष इलामको टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.