|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको युएस बंगला एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औल्याएको छ।

दुर्घटना जाँचबुझ आयोगले संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ। आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो। उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषद्मा पेश गर्ने छन्।

जाँचबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेको छैन्।  आयोगका एक दस्यका अनुसार छलफलमा धेरै विषयहरु आएको र विस्तृत अध्ययन गरिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.