|

भक्तपुर : सांस्कृतिक एवं ऐतिहासीक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा मंगलबारबाट भक्तपुरमा सुरु भएको छ। मंगलबार साँझ भक्तपुरको टौमढी स्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तान्दै जात्रा सुरुभएको हो। 

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ।  रथ तान्नु अघि रथमा खड्ग, तरवार, निशान राख्ने गरिन्छ।

रथको अगाडि भागमा पाँच वटा र पछाडि चार वटा लामो डोरी राखिएको हुन्छ। जात्रालुहरुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ। जात्राको मुख्य आकर्षण नै यही रथ तानातान गर्नु हो। जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.