|

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल माथि आक्रमण भएको छ। 

मंगलबार राति १० बजे आएको अज्ञात समुहले पौडेललाई आक्रमण गरेको हो। आक्रमणबाट अध्यक्ष पौडेललाई समान्य चोटपटक लागेको छ। आक्रमण कसले र किन गरेको भन्ने अझसम्म पत्ता लागेको छैन।

आफ्नै निवासमा सुतिरहेको अवस्थामा आपतकालीन अवस्थामा आएका छौं तपाईंको सल्लाह माग्न भने पछि आफुले ढोका खोल्दा खोल्दै आक्रमण गरेको पौडलले बताए। ४ जनाको समुहमा आएका समुहको आफूलाई आक्रमण गरेको पौडेलले जानकारी दिए। आक्रमणकारीको खोजि भईरहेको गम्नाङटार प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.