|

काठमाडौं : अघिल्लो वर्षको सफल फिल्म ‘जात्रा’को सिक्वोल निर्माण हुने भएको छ। 'जात्रा'का निर्देशक प्रदीप भट्टराईले नै निर्देशन गर्ने सिक्वोल फिल्मलाई 'जात्रै जात्रा' नाम दिइएको छ।

कमेडी जनरामा निर्माण हुने यस फिल्ममा पुरानै कलाकारहरू दोहोरिनेछन्। मतलब यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बनियाँ, रविन्द्र झालगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा केही नयाँ कलाकारलाई पनि लिने निर्माण पक्षले जानकारी दिएको छ। 

निर्देशक भट्टराईका अनुसार यस फिल्ममा 'जात्रा'को कथालाई निरन्तरता दिइने छैन। उनले भने, 'हामीले त्यहिँ कथालाई निरन्तरता दिदैनौँ तर सुरुमा केही कनेक्ट भने पक्कै गर्छौं।' जात्रामा बैंकबाट लुटिएको पैसा कसरी नक्कली पर्‍यो भन्ने कुरा सस्पेन्समा राखिएको थियो। त्यो कुरालाई भने 'जात्रै जात्रा'मा जोडिने निर्देशकले बताए।

छिट्टै छायाँकनमा जाने बताइएको यस फिल्मले अर्को वर्षको फागुन १७ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.