|

धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट प्रहरीले स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट-५२ एम्पुल लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका– बस्ने २० वर्षीय सरद पाख्रिन रहेको प्रहरीले जनाएको छ। सुनसरीको धरानबाट धनकुटा आउँदै गरेको को.१ ख ५६७३ नम्बरको बसमा सवार पाख्रिन माथि शंका लागेर उनको साथ चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनको साथबाट स्पाक्समो चपकाडोल कलोजेट ट्याबलेट–५२ एम्पुल र गाँजा ग्राम बरामद भएको धनकुटा प्रहरी प्रमुख सुदीपराज भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.