'नेपालसँग त्यस्तो सम्पत्ति छ जो भूकम्पले क्षत विक्षत बनाउन सक्दैन'

|
Photo Courtesy : Heather Carswell via independent.co.uk

२५ अप्रिल २०१५ मा प्रलयकारी महाभूकम्प आएपछि अन्तर्राष्ट्रिय मिडियामा हप्तौंसम्म नेपालको त्रासदीका तस्विरहरु छाइरहे । हिमालबाट लाशहरु झिकिएको र विश्वले नै जर्गेना गर्न चाहेको शताब्दीऔं पुराना मठ–मन्दिरहरु भत्किएको दृश्य कहालीलाग्दो थियो। ७ दशमलव ८ रेक्टर स्केल मापन गरिएको यस भूकम्पमा झन्डै ९ हजारको मृत्यु भयो। २२ हजार घाइते भए र दशौं लाख घरबारविहीन बने। 

महिनौंसम्म देशमा संकट आइलाग्यो। खाद्यान्नको अभाव भयो, विद्युतको स्रोत तथा भौतिक संरचनाहरु प्रभावित भए। जसको असर देशको कुल ग्राहस्थ उत्पादन (जिडीपी) सिधा देखियो। देशको जिडिपीमा ठूलो योगदान गर्ने पर्यटन क्षेत्र धरासायी भयो। 

नेपाली इतिहासको यो दुखद अवस्थाका बाबजुद सकारात्मक कुराहरु पनि थिए। पुरातात्विक सम्पदाहरू हेरेर छक्क पर्दै गर्दा मैले के बुझे भने भूकम्पले नेपालीको सबै क्षेत्रमा क्षति पुर्‍याएको छैन। क्षति पुग्दापुग्दै पनि ती मन्दिरको सुन्दरता अझै कायम छ, जसको हामीले प्रशंशा गर्नैपर्ने हुन्छ।

पर्यटकहरु आउन छाडे। पर्यटनमा आश्रित १० लाखभन्दा धेरै नेपाली नागरिक प्रभावित भए। प्रभाव लामै समयसम्म कायम छ। स्थानीय पथप्रदर्शक, भरियालगायतका यस क्षेत्रमा आाबद्ध थुप्रै व्यक्तिहरु बेरोजगार बने। व्यावसायीहरु संकटमा फसे। 

सन् २०१४ मा ७ लाख ९० हजारले नेपाल भ्रमण गरेका थिए। भूकम्प आएको वर्ष सन् २०१५ मा यो संख्या झरेर ५ लाख ३९ हजार कायम भयो। भूकम्प आएको २४ महिनापछि म नेपाल भ्रमणमा आएँ। मेरा गाइड सुनिलले मलाई बताए भूकम्पपछि नेपालको अवस्था कस्तो थियो?

‘धेरै विदेशी र दाताहरू सहयोगका लागि नेपाल आएका थिए। तर पर्यटकहरु कम आउन थाले। भूकम्पले गरेको क्षतिका विषयमा टेलिभिजन र पत्रपत्रिकाले निरन्तर फोटोहरु देखाइरहे। जसका कारण पयर्टकहरुलाई जति क्षति भएको थियो वा जे जति खतरा थियो, त्योभन्दा धेरै क्षति निम्तिएको भान पर्न गयो। यही विश्वासका कारण उनीहरु आएनन्।’ 

नेपाली इतिहासको यो दुखद अवस्थाका बाबजुद सकारात्मक कुराहरु पनि थिए। पुरातात्विक सम्पदाहरू हेरेर छक्क पर्दै गर्दा मैले के बुझे भने भूकम्पले नेपालीको सबै क्षेत्रमा क्षति पुर्‍याएको छैन। क्षति पुग्दापुग्दै पनि ती मन्दिरको सुन्दरता अझै कायम छ, जसको हामीले प्रशंशा गर्नैपर्ने हुन्छ। भूकम्पबाट प्रभावित भएकाहरूले पर्यटकहरू फेरि फर्किउन् भन्ने चाहना पालेको देख्दा म भावुक भएँ।

तर, पुनर्निर्माणको सवालमा काम निकै सुस्त गतिमा भइरहेको छ। काठमाडौं अर्थात राजधानी शहर सबैभन्दा धेरै प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ, हजारौं घरहरु ध्वस्त भए। केही घरहरु निकै पुराना र कमजोर रुपमा ठड्याइएका थिए। भूकम्पको दुई वर्षसम्म पनि थुप्रै व्यक्तिहरू शिविर खडा गरेर बसेका थिए। सरकारले पैसा दिन्छ र पुनर्निर्माण गर्छौ भन्ने प्रतीक्षामा उनीहरू छन्। 

विदेशी दाता र सरकारहरुले अर्बौं रकम सहयता स्वरुप उपलब्ध गराइसकेका छन्। तर दुखसाथ भन्नुपर्छ सानो रकम मात्रै सदुपयोग भएको छ। शहरको प्रमुख सम्पदामध्येको एक ‘दरबार स्क्वायर’ जसलाई विश्व सम्पदा सूचिमा युनेस्कोले सुचिकृत गरेको छ। यहाँ, भूकम्पको असर अझै देखिन्छ। कुनै समय मजु देगा र त्रैलोक्य मोहन नारायण मन्दिर रहेका स्थानहरू अहिले खाली छन्। अन्य भवनहरू पनि क्षतिग्रस्त छन्।

त्यसमध्ये वसन्तपुर दरबारको प्रसिद्ध नौतले भवन एक हो। यसलाई भूकम्पपछि सात तलामा झारिएको छ। काठमाडौंका धेरै पर्यटकीय गन्तव्यमा क्षति पुगेको सबैले देख्छन्। यसलाई ठूलो सांस्कृतिक नोक्सानी मानिएको छ। भक्तपुर र पाटनमा पनि सांस्कृतिक तथा धार्मिक महत्वका थुप्रै पुरातात्विक महत्वका मठ मन्दिर तथा प्राचीन घरहरू भत्किएका छन्। 

पर्यटकका लागि अझै यो देशमा सांस्कृतिक र प्राकृतिक सम्पदाहरू छन्, जसबाट उनीहरुले भरपुर आनन्द लिनसक्छन्। धेरै देश घुम्ने क्रममा मैले के बुझेको थिए भने पर्यटकहरूलाई त्यहाँ नागरिकले मन पराउँदैनन्। नेपालमा मेरो त्यस्तो अनुभव छैन। छ भने भेटे जति सबैसँग न्यानो सम्बन्ध।

युनेस्कोले नेपाल सरकारलाई यस्ता सांस्कृतिक धरोहरूको जर्गेनाका लागि सल्लाह दिदैँ आएको छ। तर, पुनर्निर्माण प्रक्रिया सुस्त देखिएको छ। भूकम्पमा घर गुमाएकाहरू पुरातात्विक महत्वका सम्पदाहरुको जर्गेनामा भएको ढिलाइलाई दुर्भाग्य मान्छन्। 
भूकम्पपछि केही समय सुस्ताएको नेपाली पर्यटनको अर्को महत्वपूर्ण पाटो ट्रेकिङमा भने चहलपहल सुरू भइसकेको छ। भूकम्पका कारण सगरमाथामा हिमपहिरो जाँदा १८ जनाको मृत्यु भएको थियो भने वरपरका गाउँहरू ध्वस्त भएका थिए। त्यसका बाबजुद नेपाल आउन चाहने पर्यटकको संख्या घटेको छैन। देशकै चर्चित अन्नपूर्ण ट्रेकिङ क्षेत्रमा भने खासै धेरै क्षति भएको थिएन। त्यसैले यहाँ लगातार पर्यटक आइरहेका छन्। 

८० वर्षपछि देशकै सबैभन्दा ठूलो विपद्ले हिर्काएपछि बाँकी रहेको चोटलाई अझै लामो समयसम्म धेरैले भुल्न सक्ने छैनन्। तर, पर्यटकका लागि अझै यो देशमा सांस्कृतिक र प्राकृतिक सम्पदाहरू छन्, जसबाट उनीहरुले भरपुर आनन्द लिनसक्छन्। धेरै देश घुम्ने क्रममा मैले के बुझेको थिए भने पर्यटकहरूलाई त्यहाँ नागरिकले मन पराउँदैनन्। नेपालमा मेरो त्यस्तो अनुभव छैन। छ भने भेटे जति सबैसँग न्यानो सम्बन्ध। चाहे, दुर्गम पहाडमा हाइकिङ गर्दा होस् वा काठमाडौंको व्यस्त सडकमा हिंड्दा। बाटामा भेटिने देशका मिलनसार व्यक्तिहरू नेपालकै महत्वपूर्ण गहना हुन्। यो त्यस्तो, सम्पत्ति हो जसलाई जतिसुकै ठूलो भूकम्पले पनि क्षतविक्षत बनाउन सक्नेछैन। 

(बेलायती सञ्चारमाध्यम द इन्डिपेन्डेन्टमा प्रकाशित हेथर कार्सवेलको लेख )

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.