फिचर

नेपालमा अन्तर्राष्ट्रिय उडान: कुन एयरलाइन्स समयमै उड्छ, कसका धेरै सिट प्याक?
SHARES

चैत २८, २०७४

    काठमाडौं : नेपालको एक मात्र अन्तर्राष्ट्रिय उडान विमानस्थल धेरै व्यस्त देखिन्छ। एयर ट्राफिकको कारण समयमै उडान गर्न नसकेको अवस्था छ भने हेलचेक्रयाइँ र अन्य प्राविधिक समस्याको कारण पनि समयमै उडान हुन सकेको छैन।

    एयर ट्राफिककै कारण एकदेखि डेढ घण्टासम्म डिले हुने गरेको विमानस्थल कार्यलयका अधिकारीहरू बताउँछन्। 'डिले हुने धेरै कारण हुन्छ, एयर ट्राफिक प्रमुख समस्या बनेको छ' विमानस्थलका एक अधिकारीले भने।

    नेपालमा आउने र नेपालबाट उडान हुने विमानहरुमा औसत ७५ प्रतिशत अकुपेन्सी हुने गरेको छ।

    त्यस्तै नेपालमा आउने र नेपालबाट उडान हुने विमानहरूमा औसत ७५ प्रतिशत अकुपेन्सी (सिट प्याक) हुने गरेको छ। फागुन महिनाको तथ्यांकअनुसार ठाउँअनुसार अधिकतम ९१ र न्यूनतम ६७ प्रतिशत अकुपेन्सी रहेका छ।

    कुन एयर समयमै उड्छन्?

    नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्ससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने १४ वटा विमानमध्ये नेपाल एयरलाइन्सभन्दा आठवटा एयरलाइन्स छिटो उडान गरेका छन्। त्यस्तै, पाँचवटा ढिला उडान गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

    धेरै ढिला हुनेबाट छैटौँ स्थानमा नेपाल वायुसेवा निगम रहेको छ। सबैभन्दा धेरै डिले हुनेमा एयर चाइना रहेका छ भने कम डिले हुनेमा हङकङ एयरलाइन्स रहेको छ।

    समग्रम मध्येमा देखिएको नेपाल एयरलाइन्स सयमै उडान गर्नको लागि छोटो सयममा धेरै काम गरेको बताउँछन् नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंशाकारले भने, 'पहिला नेपाल एयरलाइन्सको धेरै डिले हुन्छ भन्ने गुनासो रहेको थियो अन्य देशको तुलनामा हाम्रो धेरै राम्रो रहेको छ, नेपालबाटै जाने र आउने मध्येमा पनि हाम्रो स्थान राम्रो छ' उनले भने, 'नेपालभित्रको उडानमा पनि हामी जतिसक्यो समयमै गर्ने प्रयासमा छौँ, तर अहिलेसम्म सफल हुनसकेका छैनौँ।' अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा धेरै समयमै उडान गर्ने हङकङ एयरलाइन्सले झन्डै ८९ प्रतिशत समयमै उडान गराउछ भने नेपाल एयरलाइन्सले ७५ प्रतिशत समयमै उडान गर्ने गरेको छ।

    तोकिएको समयमा उडान हुने

     

    समयमै उडान प्रतिशतमा

    हङकङ एयरलाइन्स

     

    ८८.८३

     

    जापान एयरलाइन्स

     

    ८५.२३

     

     

    सिंगापुर एयरलाइन्स

     

    ८४.०७

     

    कतार एयरलाइन्स

     

    ८२.९५

     

    इन्डिगो

     

    ८१.२२

     

    टर्किस एयर

     

    ७६.३५

     

    एयर फ्रान्स

     

    ७६

     

    लुफ्थान्सा

     

    ७६

    नेपाल एयरलाइन्स

     

    ७५.८

     

    इथोपिया एयरलाइन्स

     

    ७४.८५

     

    स्पाइस जेट

     

    ७४.८४

     

    थाइ एयर 

     

    ७३.७२

     

    चाइना साउदन

     

    ६४.१९

     

    एयर चाइना

     

    ६०.१४

     

    अकुपेन्सी

    नेपालको राष्ट्रिय ध्वजाबाहकसहितका एयरलाइन्स पुग्ने ६ वटा अन्तर्राष्ट्रिय  विमानस्थलमध्ये फागुन महिनाको तथ्यांकअनुसार नेपालबाट जाने र आउनेमा अधिकतम ९१ न्यूनतम ६७ प्रतिशत उडान गरेका छन्।

    नेपाल एयरलाइन्सले सबैभन्दा बढी दोहा र हङकङमा क्रमश: ८८.१८ र ८५.५४ प्रतिशत अकुपेन्सी भरेको छ

    अधिकतम दिल्लीबाट उडान हुने एयरलाइन्समा अकुपेन्सी रहेको छ भने न्यूनतम भारतकै मुम्बईबाट उडान हुने एयरलाइन्समा अकुपेन्सी रहेको देखिन्छ। दिल्ली र दिल्लीमा उडान हुने एयरलाइन्स इन्डिगोले ९१.७ प्रतिशत अकुपेन्सी भरेको छ। त्यस्तै, मुम्वाइबाट र मुम्बईमा नेपाल एयरलाइन्सले ६७.८ प्रतिशत मात्र अकुपेन्सी रहेको छ।

    नेपाल एयरलाइन्सले सबैभन्दा बढी दोहा र हङकङमा क्रमश: ८८.१८ र ८५.५४ प्रतिशत अकुपेन्सी भरेको छ। हिमालयन एयरलाइन्सले पनि सबैभन्दा बढी दोहामा ८८.५ प्रतिशत अकुपेन्सी भरेको छ।

    कहाँ कुन एयरलाइन्सको कति प्रतिशत अकुपेन्सी?

    क्षेत्र

    एयरलाइन्स अनुसारको अकुपेन्सी प्रतिशतमा

    दोहा

    नेपाल एयरलाइन्स ८८.१८

     हिमालयन एयरलाइन्स ८८.५

    कतार ८६.९७

    हङकङ

    ड्रागोन ८६.९८

    नेपाल एयरलाइन्स ८५.५४

    क्वलालाम्पुर

    मलेसियन एयर ८७.२३

    नेपाल एयरलाइन्स ८३

    हिमालयन एयर ७९.३

    मालिन्दो ७६.२

    एयर एसिया ७३.६३

    दिल्ली

    इन्डिगो ९१.७

    जेट ९०.९

    नेपाल एयरलाइन्स ८३.४

    मुम्बई

    जेट ७८.७

    नेपाल एयरलाइन्स ६७.८

    दुबाई

    हिमालयन ८५.८

    दुबाई ७५.५

    नेपाल एयरलाइन्स ६९.७१

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]