|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको बुधबारबाट शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सो सम्मेलनको सम्मेलनको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गरेकी छन्।

सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले संघीय स‌ंरचनाअनुसार स्वास्थ्य क्षेत्रको अनुसन्धान फराकिलो बनाउँदै लैजानुपर्ने अवस्था रहेको बताइन्।

उनले भनिन्, 'हाल देशको संसरचना बदलिँदो अवस्थामा रहेको छ, यस्तो अवस्थामा हालको संरचनाअनुसार यस क्षेत्रको अनुसन्धान गरि नीति निर्माण सहयोग गर्छ।'

यस्तै, परिषद्का अध्यक्ष प्राडा अन्जनीकुमार झाका अनुसार भोलिसम्म चल्ने सो सम्मेलनमा आठवटा विधाहरूमा गरिएका स्वास्थ्य अनुसन्धानहरू पस्तुत गरिनेछ।

परिषद्ले आफ्नो स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरेको हो। स्वास्थ्य तथा जनसंख्याको स्वरुप बदलिएको वेला स्वास्थ्य  क्षेत्रका विज्ञहरूलाई एकै ठाउँमा भेला गरी बदलिँदो स्वास्थ्य प्रणालीमा समयमा अनुसन्धानको आवश्यकताबारे छलफल गरी स्वास्थ्य क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको प्राडा झाले बताए।

सम्मेलनमा पछिल्लो समय बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, बढ्दो नसर्ने रोगजस्ता स्वास्थ्य समस्याको विषयमा भएका विभिन्न अनुसन्धानहरू प्रस्तुत हुनेछ।यस्तै, सम्मेलनमा स्वास्थ्य विषयमा गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताहरूले अनुसन्धानबारे ६५ वटा अनुसन्धानको मौखिक प्रस्तुति तथा ६७ पोष्टर प्रस्तुति हुनेछ। जसमध्ये ८ वटा आमन्त्रित विज्ञहरूबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्‍चालन भइरहेका स्वास्थ्य अनुसन्धानसम्बन्धी गतिविधिबारे प्रस्तुतीकरण तथा छलफल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.