|

  • दिपक शर्मा 

सल्यान: वन जंगल विनास बढ्न थालेपछि सल्यानको एक सामुदायिक वन समितिले  वन जोगाउन नयाँ अभियान सुरू गरेको छ। जिल्लाको शिद्ध कुमाख गाँउपालिका ३ ढोरचौरको सामुदायिक वनले वन जोगाउन उपभोक्ताका घर घरमा निःशुल्क ग्यास चुलो वितरण गरेको छ।

वन जंगल जोगाउने उद्देश्यले ढोरचौरको दुवेरीचौर सामुदायिक वन समितिले  १ सय १५ घर धुरीलाई ग्यास चुलो वितरण गरेको जानकारी गराएको छ। दुवेरीचौर सामुदायिक वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले वन उपभोक्ताका घरमा एक सेट ग्यास चुलो र एक वटा भरिएको ग्यास सिलिन्डर उपलब्ध गराएको बताए।

उपभोक्ताहरुलाई यसरी ग्यास चुलो वितरण गरेपछि अब वर्षेनी रुपमा कटान भई रहेका रुखहरु काट्न नदिने समितिले निर्णय गरेको उनले बताए। सित्तैमा एउटा ग्यास चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि उपभोक्ता खुसी भएका छन्।

सधैं धुँवामा बसेर खाना पकाएको स्थानीय मेघी सुनारले धुंवा रहित चुलो पाएकोमा खुशी ब्यक्त गरिन्। यस्तै अर्का उपभोक्ता हिमा बुढाथोकीले पनि अब खान पकाउनका लागी दाउरा ल्याउन जंगल जान नपर्ने भन्दै खुसी भएकी छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.