|

लहान : सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका–३ मा ट्रयाक्टरको ठक्करले एक बालिकाको मृत्यु भएको छ। 

दनुवारी टोलमा माटो बोकेर जाँदै गरेको ट्रयाक्टरले बुधबार साँझ ठक्कर दिँदा स्थानीय सात वर्षीया करिनाकुमारी यादवको मृत्यु भएको हो। स १ त २३४७ नम्बरको ट्रयाक्टरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी झाँझपट्टीका प्रमुख प्रहरी सहायक निरीक्षक रघुनाथ यादवले जानकारी दिए। 

बालिकालाई ठक्कर दिएपछि ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ। मृृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.