|

कावासोती : नवलपरासीको बुटिङ्गटार गाउँपालिका–५ र ६ सीमानामाको सिमार्दी भञ्ज्याङ्गमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना गम्भीर घाइते भएको छन्। 

दुर्घटना मृत्यु तथा घाइतेहरुको नाम ठेगाना खुलेको छैन। वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर रानाका अनुसार बुलिङ्गटारबाट दलदलेतर्फ आउँदै गरेको  ग १ ज ५३३७ नम्बरको जीप बिहान करिब साढे ७ बजे सडकबाट ७५ मिटर तल खसेको हो। 

दुर्घटनामा पहाडी क्षेत्र भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउन समस्या भएको छ। घाइतेहरुलाई दलदलेसम्म पुर्‍याउन एक घण्टा लाग्ने बताइएको छ। जीपमा ११ जना रहेको र चालक र सहचालक भने सकुशल रहेको वडाध्यक्ष रानाले जानकारी दिए। 

प्रहरीको टोली अझैसम्म पनि घटनास्थलमा पुगेको छैन। घटनाको कारण पनि खुलेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.