|

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। ग्याल्थुम सिन्धु खण्डमा बाँकी रहेको सुरुङ खन्ने काम सकिएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर आयोजनाको सुरुङको ब्रेकथ्रु भएको घोषणा गरेका हुन्।

खानेपानीमन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको र कामको प्रगति विवरण भइरहेको बताएकी थिइन्। आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ।

आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएसँगै दसैँअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले बताए। अब सुरुङको फिनिसिङको काममा तीन महिना थप परीक्षणका लागि एक महिना गरी चार महिना लाग्ने पनि आयोजना प्रमुख देवकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.