३९ अर्ब प्रतिबद्धता आउँदा २९ अर्ब चीनको

|

काठमाडौं : वर्ष २०७४ राजनीतिक संक्रमणको अन्त्य, तीनै तहको निर्वाचन सम्पन्न, स्थिर सरकारको लागि जनमत र झण्डै दुईतिहाइ बहुमतको सरकार देखिएका उपलब्धि हुन्। यी राजनीतिक उपलब्धिबीच सरकारले देशको अर्थतन्त्र भने धेरै निराशाजनक रहेको उल्लेख गरेको छ।

वर्ष २०७४ चुनावी वर्षको भएको कारणा धेरै घोषणा र नारा स्वाभाविक थिए। त्यसैमध्येको पहिलो नारा हो समृद्ध नेपालको नारा। लगानीमैत्री वातावरण प्रत्यक्ष वैदेशिक लगानीको वृद्धि र उत्पादनमूलक उद्योगमा लगानी विस्तार गरी समृद्ध नेपाल निर्माण अभियानमा जुटिसकेको विषयमा चुनावी नारामा मात्रै नभई वाम गठबन्धन (केपी शर्मा ओली) नेतृत्वको सरकारले पनि  दोहोर्‍याइरहेको छ।

 एक वैशाख २०७४ देखि २९ चैत २०७४सम्ममा गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बरभन्दा बढी लगानी प्रतिबद्धता आएको छ।

यदि प्रतिबद्धता जनाएअनुसार वैदेशिक लगानी भित्रन सकेको खण्डमा नेपाल लगानीको हव भएको देखिन्छ। 'चालू आर्थिक वर्षमा लगानीकर्ताहरु हौसिएको देखिन्छ' उद्योग विभागका निर्देशक दुर्गा भुसालले भने 'विदेशी र स्वेदेशी लगानीको प्रतिबद्धता बढ्दो छ'। उनका अनुसार नयाँ सरकार गठन भएपछि लगानीको प्रतिबद्धता थप बढेको छ।

 १ वैशाख २०७४ देखि २९ चैत २०७४सम्ममा गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बरभन्दा बढी लगानी प्रतिबद्धता आएको छ।

त्यसो त आर्थिक वर्ष २०७१/२०७२ को अहिलेसम्मकै सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको थियो। २०७१/७२ मा ६७ अर्ब रुपैयाँको प्रतिबद्धता आएकोमा २०७२/०७३ र २०७३/०७४ मा १५/१५ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएकोमा चालू अर्थिक वर्षको आठ महिनामा नै यसको दोब्बर रकम प्रतिबद्धता आएको छ।

वर्ष २०७४ मा मात्रै ३९ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता रहेको छ। तर, प्रतिबद्धता जनाएको सबै रकम आउँछ नै भन्ने नभएको विभागमा निर्देशक भुसाल बताउँछन्।

नेपाल लगानी सम्मेलनको क्रममा सरोकारवालाहरू (फाइल फोटो)

मध्यमस्तरको वैदेशिक लगानीको लागि उद्योग विभागमा यो अवधिमा ३९ अर्ब ९ करोडभन्दा बढीको लगानीको प्रतिबद्धता जनाएका छन्। जबकि पछिल्लो दुई आर्थिक वर्ष गरी ३० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

पछिल्लो अवधिमा चिनियाँ लगानीकर्ताहरु उत्साहित भएको देखिएको छ भने भारतीय लगानीकर्ताहरूले भने खुलेर लगानी गर्न सकेका छैनन्।

जम्मा लगानी प्रतिबद्धतामा चीनको ७४ प्रतिशत र भारतको १२ प्रतिशत लगानी रहेको छ

१२ महिनाको अवधिमा चीन ४ हजार ८६१ जनालाई रोजगारी दिनसक्ने १२५ उद्योगमा २ अर्ब ९४ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता जनाएका छन्। उनीहरूले विशेष गरी आठवटा क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएकोमा पर्यटन र सेवा क्षेत्रका धेरै उद्योग संख्या रहेका छन् भने लगानी रकमको हिसाबले भने ऊर्जा क्षेत्रमा बढी लगानी प्रतिबद्धता छ।

त्यस्तै, यही अवधिमा भारतले भने पाँचवटा क्षेत्रमा पाँच अर्ब ३६ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ। भारतले २ हजार ५१४ जनालाई रोजगारी दनसक्ने गरी ४७ उद्योगमा यो लगनी गर्ने प्रतिबद्धता जनाएको हो।

सात देशको ठूलो लगानी

सबैभन्दा बढी लगानीको प्रतिबद्धता गर्नेमा उत्तरी छिमेकी देश चीन रहेको छ भने दोस्रोमा बढी लगानी गर्नेमा भारत रहेको छ। जम्मा लगानी प्रतिबद्धतामा चीनको ७४ प्रतिशत र भारतको १२ प्रतिशत लगानी रहेको छ।

त्यस्तै, अमेरिका, दक्षिण कोरिया, युएई पनि बढी लगानी गर्नेमा रहेका छन्। यी ६ वटा देशको मात्रै ३७ अर्ब रुपैयाँ लगानी रहेको छ भने अन्य ४२ देशको साढे दुई अर्ब रुपैयाँ लगानी रहेको छ।

लगानीकर्ता देशको नाम

प्रतिबद्धता रकम

उद्योग संख्या

चीन

२९,४७,४०,००,०००

१२५

भारत

५,३६,९०,००,०००

४७

अमेरिका

७४,४०,००,०००

२९

साइप्रस

 

५०,००,००,०००

दक्षिण कोरिया

 

४६,६०,००,०००

१०

युएई

 

३४,४०,००,०००

रसिया

 

२६,००,००,०००

 

कुन क्षेत्रमा बढी लगानी

आठवटा क्षेत्रमा वैदेशिक लगानीको प्रतिबद्धता आएमध्ये ५६ प्रतिशत लगानी रकम ऊर्जा क्षेत्रमा रहेको छ। त्यस्तै, बढी रोजगारी दिने हिसाबले उत्पादनमूलक उद्योग रहेका छन् भने उद्योग संख्याको हिसाब पर्यटन उद्योगमा बढी संख्या रहेको छ।

लगानीको क्षेत्र

प्रतिबद्धता रकम

उद्योग संख्या

रोजगारी संख्या

ऊर्जा

२२,०८,५०,००,०००

३६०

उत्पादनमूलक

७,९७,२०,००,०००

५७

३,३१७

पर्यटन

२,५८,१०,००,०००

११९

३,२९७

सेवा

२,१७,००,००,०००

११५

३,३१४

खनिज

२,००,८०,००,०००

४७०

कृषि

१,९८,७०,००,०००

२१

४८६

प्रविधि

३१,६०,००,०००

२३

६४४

निर्माण

१,००,००,०००

७५

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.