मनोरञ्जन

'जय भोले' टिजर रिलिज
SHARES

चैत २९, २०७४

    काठमाडौं : अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका प्राय: कलाकार फिरचरिङ छन्। टिजरमा पात्र परचियलाई जोडिएको छ।

    हास्य तथा सामाजिक विषयमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, सैगात मल्ल, स्वस्तिमा खड्का, वुद्धि तमाङ, सलोन बस्नेत, राजाराम पौडेलको मुख्य भूमिका रहेको छ। फिल्ममा दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमलाई व्यक्त गरिएको छ।

    आगामी दशैंको फूलपातीमा रिलिज हुने फिल्मलाई निर्देशक शर्माले नै निर्माण गरेका हुन्। एक करोड ६० लाख बजेटमा निर्मित यस फिल्म झापा र इलाममा छायाँकन भएको हो। फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई राज ढुंगानाले सम्पादन गरेका हुन्।

    हेर्नुहोस् टिजर :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]