|

काठमाडौं : बैशाख २८ गतेबाट प्रदशर्नमा आउन लागेको फिल्म लम्फूको ट्रेलर सार्वजिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कमेडी, एक्सन, प्रेम र विछोड समेटिएको छ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहेको छ। फिल्ममा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्कीलगायतको अभिनय रहेको छ।

'पपुलर मल्टिमिडिया'को व्यानरमा निर्माण भएको फिल्ममा शक्तिबल्लभ घोरासैनीको लगानी रहेको छ। भूपतिको लेखन रहेको ‘लम्फू’मा अर्जुन पोखरेलको संगीत, दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.