|

काठमाडौं : नेपाल सरकारको दायित्व छ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७३/०७४ सम्ममा नेपाल सरकारको दायित्व उल्लेखित रकम पुगेको हो।

महालेखा परLक्षक कार्यलयको ५५औँ प्रतिवेदनअनुसार वैदेशिक ऋण चार खर्ब ९३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सरकारको अन्तरिक ऋण दुई खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

कुल गार्हस्थ उत्पादनको २६.८४ प्रतिशत ऋण रहेको छ, जसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत छ।

कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षको अन्त्यसम्म प्रतिव्यक्ति दायित्व २४ हजार २७६ रुपैयाँ पुगेको छ। यो गत वर्षको भन्दा दुई हजार १४७ रुपैयाँ बढी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.