काठमाडौं : सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ७ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलब ४६ प्रतिशतले बढी हो।
तीन महिनामा नेपालमा आउने भारतीय पर्यटकको संख्या भन्दा चिनियाँ पर्यटको संख्या बढी रहेको छ। विगतमा सधैजसो भारतीय पर्यटक बढी आउने गरे पनि चिनियाँ पर्यटक यो वर्ष नेपालमा बढी भित्रिएका हन्।
तीन महिनामा चिनियाँ पर्यटकको संख्या ४० हजार ९ सय ९८ छ। गत वर्ष सन् २०१७ को तीन महिनामा भने २९ हजार ६ सय ८४ मात्रै थियो। तीन महिनामा भारतबाट भने ३४ हजार ३ सय १० जनाले नेपाल भ्रमण गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।