मनोरञ्जन

इन्दिरासँगै यसरी झुम्यो फिक्कल बजार
SHARES

चैत ३०, २०७४

    इलाम : सूर्योदय नगरपालिकाका वासिन्दाले भर्खरै पानी परेर चिसो बनेको मौसमसमेत बिर्सिए जब लामो समयको प्रतीक्षापछि जब इन्दिरा जोशी स्टेजमा उक्लिन्।नयाँ वर्षलक्षित दोस्रो सूर्योदय सडक महोत्सवको पहिलो दिन नै नेपाली साकिराको प्रस्तुति रहने भएपछि झरी र चिसोको वास्ता नगरी फिक्कल बजारमा मानिस भेला भएका थिए। 

    नेपाली साकिरा नामले परिचित इन्दिरा जोशीको प्रस्तुति हेर्न अवसर सूर्योदय होटल एसोसियसनले जुराइदिएको थियो। करिब २ घण्टा कुरेपछि बिहिबार राति साढे ८ बजे ‘मेरो अघि मेरी माया आज अर्कोकी बेहुली’ भन्दै इन्दिराको स्टेज प्रवेश गरेसँगै सूर्योदय नगरवासीको प्रतिक्षाको घडी सकियो।

    महोत्सव भएकाले नगरका कुनाबाट मानिसहरु नगरपालिकाकाको केन्द्र फिक्कल बजारको सडकमा भेला भएका थिए। स्टेज प्रवेशसँगै कम्मर मर्काउँदै ‘तिमीलाई देखेपछि आई लभ यु आई लभ यु’ गाँउदै गर्दा दर्शकहरु उनीसँगै तालमा ताल मिलाए।  इन्दिराले ‘फिक्कलको जोश किन कम आयो म धेरैपछि आएर हो’ भन्दै दर्शकहरुलाई जुरुक जुरुक पारिन्। 

    ‘मोटरसाइकलमा जाने हो बैनी मलाई त डर लाग्छ स्पिडदेखि भाइहरू लाने हो’ भन्दै चलचित्र प्रेमगीत– २ को गीत ‘मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छी बुलेट बाइकमा’ गाउँदै आफनो कम्मर मर्काइन्। ‘उध्रेको चोली छ है’ प्रस्तुति दिँदै गर्दा युवा जोशीसँगै झुमे। 

    चलचित्र ठूलीको ‘म त मर्छु कि क्या हो ठूली’ गाउँदैगर्दा दर्शकहरू स्टेजमै नाच्न पुगे। दर्शकहरुले 'वान्स मोर वान्स मोर' भन्दै गर्दा उनले दोस्रोपटक पनि यो गीत गाइन्। जोशीले करिब ४० मिनेट सूर्योदय नगरबासीलाई लठ्ठ पारिन्। लामो समयपछि राष्ट्रियस्तरको कलाकारको प्रस्तुति भएकाले सूर्योदय नगरवासीले उनलाई राम्रैसंग साथ दिए।

    महाेत्सवमा शुक्रबार नविन के भट्टराईले प्रस्तुति दिनेछन्। महोत्सव अाइतबारसम्म चल्नेछ।

नमीन ढकाल

ढकाल थाहाखबरका इलाम संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]