|

काठमाडौं : यो साताको शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नयाँ वर्षलाई लक्षित गर्दै प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म 'लिलिबिली' र दयाहाङको मुख्य भूमिका रहेको 'नेप्टे'ले शुक्रबारबाट प्रदर्शनमा आएका छन्। 

प्रदर्शनमा आएका दुई फिल्ममा 'लिलिबिली' हावी देखिएको छ। मल्टिप्लेक्स हलमा 'लिलिबिली'ले २५ शो पाएको छ भने 'नेप्टे'ले ६ शो मात्र पाएको छ। सिंगल थिएटरमा पनि 'लिलिबिली'लाई प्राथमिकता दिइएको छ।

प्रदीप, ट्रेलर र गीतका कारण निकै चर्चामा रहेको यो फिल्ममा प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ।

प्रेमकथामा आधारित फिल्म यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। ‘काफिया फिल्मस’, ‘सुदीप खड्का प्रोडक्सन’ र ‘चाम्स इन्टरटेनमेन्ट’को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको पनि लगानी रहेको छ।

त्यस्तै, दयाहाङ राईको मुख्य भूमिका रहेको 'नेप्टे'को कमेडी ट्रेलरलाई दर्शकले रुचाएका छन्। फिल्ममा दयाहाङसँगै ए गुरुङ, बुद्धि तमाङ, रोहित रुम्बा, छुल्ठिम गुरुङ लगायतको अभिनय रहेको छ।

'आर रोशनी फिल्म्सको व्यानरमा निर्माण भएको फिल्म यो फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा रोहित रुम्बाको लगानी रहेको छ। फिल्मको कथा पनि रोहितले नै लेखेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.