|

काठमाडौं : भृकुटी मण्डपमा शुक्रबारदेखि फूलको मेला लागेको छ। 'पुष्प मेला' नाम दिइएको यो मेलामा रंगीचंगी फूलहरू प्रदर्शनिमा राखिएका छन्। 

फ्लोरिकल्चर एशोसिएशन नेपालले ‘आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने आह्वानका साथ मेला आयोजना गरिएको हो। मेलाको उद्घाटन  कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले गरेका हुन्। उनले केही वर्ष भित्रै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना पनि अघि सारेका छन्। मुलुकलाई समृद्ध बनाउन कृषि पेशालाई सम्मानित बनाउन लागिपर्ने मन्त्री खनालको भनाई छ।

नयाँ वर्षको अवसरमा चारदिनसम्म चल्ने मेलामा ८२ वटा स्टल रहेका छन्। मौसमी फूल, आलंकारिक बोट, विरुवा, ड्राई फ्लावर, कट फ्लावर, सुनाखरी, फूलको गाँनो, विउ वीजन, ग्रीन हाउस, कृषि औजार तथा उपकरण, सिंचाई प्रविधिको खरिद गर्ने व्यवस्था पनि मेलामा गरिएको छ। नेपालमा पुष्प व्यवसायमा ४३ हजार व्यक्ति आश्रित रहेको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.